Subscribe Us

गुण्डालाई एैन, गुण्डागर्दी गराउनेलाई चैन,

किसान श्रेष्ठ
काठमाडौं । महानगरीय प्रहरी बृत्त कमलपोखरीलाई साक्षी राखेर अर्काको घर जग्गा खाली गराउने गुण्डाका नाईके संञ्जय डंगोल हनुमानढोका प्रहरीको खोरमा पुगेपनि डंगोलका गुरुलाई भने प्रहरीले कानुनी दायरामा ल्याउन सकेको छैन । गुण्डागर्दीकै माध्यमबाट अर्काको घर जग्गा खाली गराएपछि उनलाई सोमवार महानगरीय अपराध महाशाखा हनुमानढोकाबाट खटिएको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । 

जयनेपाल हलसंगैंको जग्गामा बसी सोही जग्गामा मोटरसाईकलको ग्यारेजसमेत सञ्चालन गर्दै आएका लालबाबु शर्माका सामान बिना जानकारी गुण्डा नाइके डंगोलले कमलपोखरी प्रहरीको आडमा घरबाहिर बाटोभरी छरपष्ट पारेर फालिदिएपछि पिडीत शर्माले महाशाखामा उजुरी दिएका थिए ।

 उता डंगोललाई जग्गा खाली गराउन लगाउने तथा जग्गाको मालिक आफू भएको दाबी गर्ने तनहुंका किसान श्रेष्ठ भने डंगोल छुटाउन हनुमानढोका पुगेका थिए । श्रेष्ठ राजनीतिक आडमा गैरकानूनी तरिकाले मेनपावरको धन्दामा सक्रिय छन् भने किचलो तथा विवादमा परेका व्यक्तिगत तथा सरकारी जग्गाहरु आफ्नो नाममा ल्याएर बिक्री गरी सम्पत्ति आर्जन गर्दै आएका छन् । स्रोतका अनुसार श्रेष्ठले उक्त जग्गा आफूले जिल्ला प्रशासन कार्यालयबाट पत्र ल्याएर खाली गराउन लगाएको बताएपनि प्रहरीले श्रेष्ठलाई सदाचारको भाबना देखाएको थियो ।

अपराध गर्ने र गराउने दुबै कानूनका दोषी हुन । तर प्रहरीले गुण्डागर्दी तरीकाले जग्गा खाली गराएको भन्दै गुण्डा डंगोललाई हिरासतमा लिएपनि खाली गर्न लगाउने श्रेष्ठलाई भने चिया ख्वाएर पठाएको छ । उता गुण्डालाई सहयोग गरेको अभियोगमा कमलपोखरी बृत्तका प्रहरीलाई समेत कुनै सोधपुछ गरिएकोे छैन् । अपराधलाई सरक्षण दिने, गर्न र गराउने सबै सजायँका भागेदार हुने कानूनी प्राबधान रहेको छ । गुण्डागर्दीको तरिका अपनाउने तथा गुण्डागर्दी गर्न लगाउने श्रेष्ठले अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीलाई तत्काल डंगोललाई छाड्न दवाब दिएपनि छाडिएको छैन ।

उक्त जग्गा आफूले २२ बर्ष अघि खरीद गरेको दाबी गर्दै श्रेष्ठले खाली गराउन कमलपोखरी प्रहरीको सहयोग मागेको प्रहरीसामु बताएका छन् । स्रोतका अनुसार उक्त जग्गा सरकारी हो । श्रेष्ठ र डंगोलले किर्ते कागजात तयारपारी मालपोतका कर्मचारीलाई समेत प्रभावमा पारेर उक्त जग्गा आफ्नो नाममा ल्याएको स्थानिय बासिन्दा बताउँछन् । उक्त जग्गाका मोही भने आफू भएको ग्यारेजवाला शर्माको दावी छ । ‘वडालाईसमेत जानकारी नगराई घरजग्गा खाली गराउने उद्देश्य देखिन्छ त्यसकारण यो यो किर्ते गरेको हुनसक्छ’–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

वडालाई जानकारी गराउँदा रहस्य खुल्ने हुँदा प्रहरी सेटिङ मिलाएर गुण्डाको प्रयोग गरी जग्गा खालि गराउन श्रेष्ठले लागि परेका थिए । यसका लागि श्रेष्ठले प्रहरी र गुण्डालाई मोटो रकम खर्च गरेको स्रोत बताउँछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रेष्ठको निबेदनमा भनेको छ–‘यसमा के कसो भएको आबश्यक छानबिन गरी नियमसंगत गर्नु ।’ तर कमलपोखरी प्रहरी बृत्तले गैर कानूनी तरीकाबाट गुण्डालाई साथ दिइ घर खाली गराएको महाशाखा स्रोत बताउँछ ।

खाली गराउने पर्ने अबस्था भए वडा प्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का गरेर समान हटाउनु पर्ने कानूनी प्राबधानलाई कमलपोखरी प्रहरीले नै खिल्ली उडाएको छ । उता भूमाफिया श्रेष्ठले महाशाखाका प्रमुख कार्कीलाई यस जग्गाको बारेमा गृहमन्त्री, ‘बामदेव दाई’ काठमाडैंका सिडीयो एकनारायणा अर्याल र ‘मेट्रोवान’ महानगरीय एआईजी विज्ञानराज शर्मालाईसमेत जानकारी गराएको दाबी गरेका थिए । 

पैसाकै आडमा उनी गत संविधान सभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार तनहुँबाट उमेदवार भएर पराजित भएका थिए । प्रहरीले गुण्डालाई पक्राउ गरेर कानूनको दायरामा ल्याएपनि गुण्डागर्दी गराउने ठेकदार र आफूलाई नेता भनाउदाहरुलाई पक्राउ गर्ने हिम्मत गरेको छैन् ।(युनाईटेड पोष्टबाट)

Post a Comment

0 Comments