Subscribe Us

गृहमन्त्रीको आर्शिवाद लिएर प्रहरीलाई डण्डा बर्साउदै गुण्डा

पोखरा। कास्कीमा जुनसुकै प्रहरी प्रमुख सरुवा भएर आउनासाथ गुण्डागर्दी बढेको भन्दै चर्का भाषण गर्छन्। केही समय अघि मात्र सरुवा भएर आएका जिल्ला प्रहरी प्रमुख एसपी हरी पालले पनि यस्तै चर्का भाषण गरे । तर, उनको नजर कुख्यात एलजीलगायतका आपराधिक समुहमाथि भने परेन ।

जसका कारण गुण्डा नाइके एबम युवा संघमा आवद्ध शिव गुरुङ उर्फ महेन्द्रे भोटेको समुहले शुक्रबार बेलुका ओजन डिस्कोमा प्रहरीको टाउको फुटाउन सफल भएको छ । भोटेको समुहले रडले प्रहार गर्दा प्रहरी जवान भीमबहादुर राना गम्भिर घाइते भएका छन् । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । भोटे ओजन डिस्कोका संचालक हुन । शुक्रबार बेलुका ओजन डिस्कोमा पर्यटन व्यबसायी सरोज भट्टराईको समुह र भोटेका १५ र२० जना बाउन्सरहरु बीच भनाभन हुँदा दुबै पक्षवीच हानाहान भएको थियो । भट्टराईको समुह घाइते भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । तर, बाउन्सरहरु प्रहरीमाथि नै जाइलाग्न पछि परेनन ।

भोटेले कमाण्ड गरेको बाउन्सरहरुको कुटाइबाट भट्टराईका पाँच जना गुण्डा र प्रहरी जवान राना गम्भिर घाइते भएका छन् । हातहतियारसहित आक्रमणमा उत्रिएका महेन्द्र भोटेका दुई दर्जन गुण्डाहरुलाई प्रहरीले रातारात पक्राउ गरेको छ । शुक्रबार मात्र पोखरा आएका गृहमन्त्री बामदेव गौतमलाई भोटेले मणिपाल शिक्षण अस्पतालमा खादा ओढाएका थिए । त्यसपछि उनको मनोवल एकाएक वढेको थियो ।

पक्राउ परेकालाई प्रहरीले जस्तोसुकै दवाव आएपनि मुद्दा चलाएरै छाड्ने वताएको छ । उता, भोटेको समुह पक्राउ परेपछि एमाले सभासद् रवीन्द्र अधिकारी र युवा संघका केन्द्रीय महासचिव राजीव पहारी भोटेलाई छुटाउन प्रहरी कार्यलय बैदाम पुगेको एक प्रहरी अधिकारीले वताए । राजनीतिक संरक्षणमा हप्ता असुली,अपहरण लगायतका घटनामा मुछिदै आएका भोटे सुरुमा कुख्यात आपराधिक समुह एलजीसँग आबद्द थिए ।
पछि उनले छुट्टै समुह वनाएर असुली धन्दालाई तिब्र बनाउंदै आएका छन् । एलजीका नाइके ललित गुरुङ भने कांग्रेससँग आवद्द छन् । तर टेन्डर लगायतका विभिन्न गुण्डागर्दीवाट कमाइ हुने रकमको भागवन्डामा भने उनीहरुवीच एकता हुने गरेको प्रहरीहरु वताउँछन् । भोटे समुहमा आवद्द रहेक ललितका भाई प्रशान्त गुरुङ पनि पक्राउ परेका छन् ।
एक टिभीका पत्रकारदेखी प्रहरी प्रशासनलाई लाइन मिलाएर जग्गा व्यापारी, हाउजिङ ,अस्पतालका सँचालकसम्म आफ्नो पहुँच बढाउँदै भोटेले अकुत सम्पत्ति आर्जन गर्न सफल भएको एक व्यापारीले वताए ।

Post a Comment

0 Comments