Subscribe Us

ठेक्काको कमिशन हनुमानढोका र कारागारमा ?

काभ्रे । जिल्लामा प्रहरी प्रमुख फेरिएसँगै गुुण्डागर्दी मौलाउन थालेको छ । एसपी पुजा सिंहले ग्रिन सिग्नल दिएपछि गुण्डागर्दी मौलाउन थालेका हन् । यसअघिका एसपी अरुणकुमार बिसी गुण्डाहरु बिरुद्ध कडा रुपमा प्रस्तुत भएपछि जिल्लाका गुण्डाहरुको भागदौड नै मच्चिएको थियो । तर अहिले एसपी सिंहले तस्कर, माफिया र काभ्रेका आपराधिक समूहसँग हिमचिम बढाएपछि काभ्रे अपराधिको अखडाको रुपमा चिनिन थालेको स्थानियहरु बताउँछन् । 

एसपी सिंहमाथि कथित ठेकदार, बालुवा गिटी र काठ तस्कर तथा घरेलु मदिरा उत्पादन गर्नेहरुसँग मोटो रकम असुलेर अपराधमा संरक्षण गर्ने गरेको आरोप लागेको छ । काभ्रेमा हुने ठेक्कापट्टामा एसपी सिंहलाई काभ्रेका निमार्ण व्यावसायीका अध्यक्ष चन्द्र लामाले एक प्रतिशत कमिशन दिएर अन्य ठेकेदारलाई ठेक्कामा भाग लिनलाई समेत बच्चित गराउने गरेको आरोप लागेको छ । ठेक्कापट्टामा गुण्डागर्दी गरेको आरोपमा चन्द्र लामालाई तत्कालिन समयमा एसपी अरुणकुमार बिसिले पक्राउ गरी कारबाहि गरेका थिए । 

एमाले युवासंघका केन्द्रिय सदस्यसमेत रहेका लामा काभ्रेमा राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका छन् । लामाले काभ्रेका आपराधीक समूहका नाईकेहरुलाई हातमा लिएर जिल्लाका अन्य ठेकदारहरुलाई ठेक्का हालेमा ज्यान मार्ने धम्कि दिने गरेको पीडित ठेकदारहरुले गुनासो गरेका छन् । हाल कारागारमा रहेका दावा लामाको समूहलाई परिचालन गरी काभ्रेको ठेक्का कब्जा गर्दै आएका छन् । दुई साता अघि आहावान भएको काभ्रेको  दुई करोड बराबरको सिंचाईको ठेक्कासमेत लामाले गुण्डागर्दी र प्रहरीकोे आडमा अन्य ठेकदारलाई ठेक्का दर्ता गर्न नदिएर आफू निकटलाई दिलाएका थिए । 

दुई दर्जनको हाराहारीमा ठेक्काको फर्म बिक्रि बितरण भएपनि सेटिङमा तिनवटा मात्र फर्म दर्ता गरी काम लिने ठेकदारसँग १० प्रतिशत कमिशन अर्थात २० लाख लिएको एक ठेकेदारले बताए । स्रोतका अनुसार लागूऔषध, अपहरण र ज्यानमार्ने उद्योग मुद्दामा हाल डिल्लीबजार कारागारमा रहेका काभ्रेका आपराधीक समूहका नाईके  दावा लामाले समेत एक प्रतिशत ठेक्काको कमिशन लिंदै आएका छन् । काभ्रे प्रशासन मिलाउने भन्दै संघका अध्यक्ष लामाले दुई प्रतिशत राखेको र हनुमानढोका मिलाउन पर्छ भन्दै आपराधिक समूहका गुण्डाहरुले एक प्रतिशत छुट्याएको संघका एक सदस्यले बताए ।

काठमाडौंमा बस्न गाह्रो हुन्छ, हनुमानढोका नमिलाई हँुदैन प्रत्येक कामबाट हनुमानढोकालाई एक प्रतिशत दिनुपर्छ भन्ने अडान राखेर चन्द्र लामाले र केहि गुण्डाका सदस्यले एक प्रतिशत कुम्ल्याएको स्रोतले बतायो

Post a Comment

0 Comments