Subscribe Us

सेनासँगै नभएको अध्याधुनिक हतियार भेटियो

काठमाडौं । नेपालका सुरक्षा निकायसँग नभएको एक अध्याधुनिक हतियार चितवन राष्ट्रिय निकुञ्ज भित्र बेवारिस अबस्थामा फेला परेको छ ।

 जुन हतियार नेपाली सेनालेसमेत प्रयोग गर्न पाएकोे छैन । सुरक्षा निकायसँग समेत नभएको उक्त हतियार निकुञ्जमा कसरी र काँहाबाट आयो एतिखेर चासो र खोजीको बिषय भनेको छ । 

 नेपाली सेनाको निकुञ्ज सुरक्षामा रहेको श्रीजंग गणको चप्परचुली पोष्टबाट खटिएको गस्ती टोलीले उक्त हतियार बेवारिसे अवस्थामा  भेटेको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पट्रोल टोलीले कठारा गाबिसस्थित कण्टेश्वरी सामुदायिक वनमा क्यामोफ्लाईज झोलामा ४ वटा टेपिङग गरेको लोला र करिव १.५ फिट टेपिङग गरेको शंकास्पद वस्तु फेला पारेको थियो । सेनाकै महिन्द्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले बरामद पोका खोलेर हेर्दा उक्त अध्याधुनिक हतियार फेला पारेको जनाएको छ । 

सेनाका अनुसार साईलेन्सर र म्याग्जिन सहितको एम १६ ए वन राईफल एक थान, र ५.५६ मि.मि. बालाराउण्ड ४३ गोटा फेला परेको छ । सेनाले जारी बिज्ञप्तिमा उक्त बरामद हतियार नेपाली सेनासंग रहेका हात–हतियारहरुको अभिलेखमा नभएको  बताईएको छ । सेनाका एक अधिकृतका अनुसार ‘नेपाली सेनाले एम १६ एटु राईफल मात्र प्रयोगमा ल्याईरहेको छ, यो एम १६ ए वन राईफल हो ।’

 चितवन निकुञ्ज अवैध गैडा र बाघ शिकारका लागि कुख्यात हन्टिङ स्पटको रुपमा चिनिन्छ । यस अघि प्रहरी र निकुञ्ज प्रशासनले उक्त क्षेत्रमा शिकारीसँग भरुवा बन्दुक र प्रेस्तोलमात्र बरामत गर्दै आएको थियो । भने पक्राउ परेका शिकारीबाटसमेत सोही प्रकारको हतियार बरामद गर्दै आएको छ । तर एकाएक चितवन निकुञ्जको भित्री जंगलमा अत्याधुनिक हतियार फेला परेपछि धेरै आशंका उत्पन्न भएका छ, सेनाको एक अधिकारीले बताए ।

 उक्त हतियार निकुञ्ज भित्र कसरी भित्रियो र यो का“हाबाट ल्याईयो यसबारेमा सेनाको ईन्टलिजेन्सले अनुसन्धान थालेको स्रोतले बतायो ।  उक्त अध्याधुनिक हतियार सशस्त्र द्धन्दका बेला तात्कालिन बिद्धरोहीले खरिद गरेको हुनसक्ने आशंका सेनाले गरेको छ यहिले केहि भन्न सकिने अबस्था छैन् अनुसन्धान भै रहेको जानकारी सैनिक जनसम्पर्क मञ्चले दिएको छ ।

 उक्त हतियार बरामदले देशको शान्ति सुरक्षामा समेत खलल पुग्ने भन्दै उक्त हतियारको रहस्य पत्ता लगाउनु पर्ने सेनाका एक अधिकृतको तर्क गरे । शिकारीले नै उक्त अत्याधुनिक हतियारको प्रयोग गर्न थालेनन् भन्ने बिषयमासमेत अनुसन्धान सुरु भएको स्रोतले बतायो । यस्तै निकुञ्ज प्रशासनले समेत उक्त घटनाको अनुसन्धान गरिरहेको छ । 

सेनाले भेटाएको उक्त हतियारबारे नेपाल प्रहरीका एक उच्च अधिकारीले बिदेशी कुट नितीक नियोगका कर्मचारीले घुम्ने जाने बहानमा दुर्लभ बन्यजुन्तुको शिकार गर्नको लागी उक्त हतियार निकुञ्ज भित्र भित्राएको हुनसक्ने दाबी गरे । उनले भने यत्रोे ठूलो र अध्याधुनिक हतियार अरु समान्य शिकारीले काँहाबाट ल्याउने सभंब छैन ।

Post a Comment

0 Comments