Subscribe Us

पक्राउ लगत्तै छुटे डन

काठमाडौं । सर्वसाधारणले सामान्य गल्ति गरेमा ठूलै अपराध गरे झै २४ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले अर्काको घर उठिवास गराउने गुण्डाका नाईके संञ्जय डंगोललाई ७२ घण्टा नबित्दै छाडेको छ । 

जयनेपाल हलसंगैंको जग्गामा बसी सोही जग्गामा मोटरसाईकलको ग्यारेजसमेत सञ्चालन गर्दै आएका लालबाबु शर्माका सामान बिना जानकारी गुण्डा नाइके डंगोलले   घरबाहिर बाटोभरी छरपष्ट पारेर फालिदिएपछि उनलाई महानगरीय अपराध महाशाखा हनुमान ढोकाको टोलीले उनलाई पक्राउ गरेको थियो । 

 सोमवार पक्राउ परेका गुण्डा डंगोल विहीवार नै छुटीसकेका छन् । गुण्डागर्दीकै माध्यमबाट अर्काको घर जग्गा खाली गराएपछि उनलाई सोमवार महानगरीय अपराध महाशाखा हनुमानढोकाबाट खटिएको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । सोमवार पक्राउ परेका डंगोलाई सार्वजनिक अपराध ऐन अनुसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेपनि प्रहरीले राता रात बयान लिइृ राए सहितको मिसिल सरकारी वकिल कार्यालयमा बुजाएको थियो । वकिल कार्यालयमा मिसिल बुजाएकै दिन अभियोग पत्र तयारी पारी उनि सोहि दिन धरौंटीमा छुटेका हुन् । 

Post a Comment

0 Comments