Subscribe Us

हत्यारालाई कारवाही गर्न नखोेजेको पीडिको आरोप

परासी, ४ चैत । नवलपरासीको कावासोतीका होटल व्यवसायी दीपेन्द्र पाण्डेको हत्यामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीले सक्रियता नदेखाएको पीडितका परिवारले आरोप लगाएका छन् ।

नवलपरासीको कावासोती नगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै मृतक पाण्डेका पिता गजेन्द्र पाण्डेले घटना भएको ४५ दिनसम्म पनि दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन तदारुकताका साथ नलागेको आरोप लगाउनुभयो ।

प्रहरी प्रशासनले घटनाको अनुसन्धान भइरहेको बताएपनि अनुसन्धानमा ढिलाइ भएको उहाँले गुनासो गर्नुभयो ।पत्रकार सम्मेलनमा कावासोती क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलेसमेत प्रहरी प्रशासन घटनाको छानबिनमा लागिरहँदा पनि घटनाको तथ्य बाहिर ल्याउन नसकेको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका थिए ।

पैँतालिस दिनअघि देउराली–२ को थम्की देवी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका पाण्डेको हत्या भएको वा आत्महत्या भन्ने विषयमा नै प्रहरी प्रशासन अझैसम्म केन्द्रित हुनु दुःखद भएको आफन्तले गुनासो गरेका छन् । यसअघि पनि मृतक पाण्डेका आफन्त तथा विभिन्न सरोकारवालाले पटक–पटक घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

Post a Comment

0 Comments