Subscribe Us

न्यायधिस हत्याका मुख्य सुटर पक्राउ,
को हुन सुटर भगवान

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणहादुर बमको हत्यापछि फरार भई साउदी अरब पुगेका भगवान भन्ने सञ्जय स्मालीमगर पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूराको बिष्ोश सक्रियतामा साउदी अरबको प्रहरीले गरेको हो । भगवानलाई नेपाल ल्याउने तयारी भईरहेको सिआईबीले जनाएको छ । 

दुई महिना अगी सिआईबीले बम हत्याका नाईके बाबु थापालाई पक्राउ गरेपछि उनको बयानको आधारमा सुटर भगवान भएको खुलासा भएको हो । ३ बर्ष अगाडि बंगलामुखिबाट फर्कने क्रममा बमका गोली हानी हत्या भएको थियो ।  हत्याको कारण र मुख्य योजनाकार बाबु थापा भएपनि सुटर भगवान भएको अनुसन्धाबाट खुलासा भएपछि भगवानको खोजी सुरु भएको थियो ।

 अनुसन्धाको क्रममा सञ्जय वैदेशीक रोजगारीको सिलसिलामा साउदी अरब पुगेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्ने इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । अपराध अनसुन्धाको दायरमा आएका तर अदालतबाट अपराध ठहर नभएका ब्यक्तिलाई पक्राउ गर्नको लागी नेपाल प्रहरीले ईन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गर्न सक्छ ।

 चुरेभावर राष्ट्रिय पार्टीका बिषयलाई लिएर चलेको मुद्दामा तत्कालिन उपाध्यक्ष बाबु थापाले मुद्दा हारेपछि न्यायधिस बमको हत्याको योजना बुनेका थिए । हत्यामा संलग्न थापासहित प्रेमराज खड्का, शिब भन्ने करण चौधरी र दिपक कर्णलाई सिआईबीले जनकपुरबाट पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको छ । हाल उनिहरु केद्रिन्य कारागार सुनधारमा छन् ।

को हुन सुटर भगवान
पक्राउ परेका भगवान थापाले अर्का गुण्डाका नाईके सुजन पौंडेल उफ रमेश बाहुलाईसमेत थर्काउने गरेको स्रोत बताउछ । दुबै रामेछापका हुन । तर एक अर्का दुस्मन थिए । दुबैको आयस्रोत भनेको ठेक्का पट्टाको कमिशन नै थियो । तर भगवान भने अर्का गुण्डाका नाईके सुक्रे लामाको लागी काम गर्थे । भगवान राजधानीमा सुपारी लिई गोली हान्ने तथा खुकुरी प्रहार गर्ने एक अपराधिक गिरोहका सदस्य थिए । 

उनि गुण्डाका नाईके सुक्रे लामाका दाहीने हात थिए । तर उनलाई ब्यालक स्पाईडर नामक अपराधीक समुहलेसमेत प्रयोग गर्दै आएका थियो । डाः हेमान्त दिक्षीतलाई गोली हान्नेसमेत उनै भगवान भएको उनि निकटस्रोत बताउछ । सुक्रे लामाको अपराधीक समुहमा एक नम्बर हिम्मत भएका रुपमा भगबानलाई लिईथ्यो स्रोत भन्छ । सुक्रे लामालाई जेलबाट भगाउने देखी तिनकुनेका पन्चे लामालाई खुकुरी प्रहार गर्ने मुख्य बेक्ति भगबान नै थिए । 

उनि संसारमा सबैभन्दा सजिलो र दाम आउने काम मान्छे मार्ने र हान्ने हो भन्ने ठान्थे । उनि पैसाको लागी साना देखि ठूलासम्म सुपारी लिने गर्थे । उनका दुई सहयोगी पनि थिए जसका नाम थियो गोबिन्द र बच्चन कार्की । सुक्रेको सुचना प्रहरीलाई दिएपछि बच्चन प्रहरी बने भने गोेबिन्द बेपत्ता भए । अहिले बच्चनपनि प्रहरीको जागीर छाडेर बिदेशीएका छन् ।

Post a Comment

0 Comments