Subscribe Us

शितलनिवासमा को भयो बमबम ?

काठमाडौं । सामयिक राजनीतिको विषयलाई लिएर शितलनिवास चिन्तित मात्र भएको छैन, आक्रोशित पनि भएको छ । दलहरुको कुरा सुनेर वाक्कदिक्क भएका राष्ट्रपति रिसाएका थिए । उनले विपक्षी दल र खासगरी मधेसी दलहरुस“ग आफ्नो आक्रोश पोखेका थिए ।

राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरु बोलाएर बमबम हु“दै सहमतिका लागि चा“डो जुट्न भने । जनआन्दोलनको उपलव्धिका रुपमा संविधानसभा आएको स्मरण गराउदै राष्ट्रपति डा.यादवले अब पनि सहमति नभए आफु सक्रिय हुने संकेत पनि दिएको स्रोतको दाबी छ । सवै दलका नेताहरुलाई बोलाएका उनले सहमतिमा संविधान जारी नभए आफू अघि सरेर राजनीतिक स्थायित्व दिनसक्ने संकेत देखाएका थिए । केही अनौपचारिक कुराकानीमा पनि उनले यस्तो संकेत दिँदै आएका छन् ।

चितवन पुगेर हात जोडेर सहमति गर्नका लागि अपिल गरेका राष्ट्रपतिले दलहरुलाई बोलाएर संविधानका लागि अघि बढ्न दिएको सुझावसँगै त्यसो हुन नसके निकासका अन्य विकल्पहरु हुनसक्ने पनि बताएका थिए । तर, अन्य विकल्प भनेकै शितलनिवासको सक्रियता हो । पत्र पठाएरै राष्ट्रपति कार्यालय शितलनिवासमा दलका नेताहरुलाई डाँकेका डा.यादवले विहीबारदेखि हुन लागेको आफ्नो चीन भ्रमणको बारेमा जानकारी गराउँदै सहमति चाँडो भन्दा चाँडो गर्न सुझाव दिएका थिए ।

पा“च बु“दे अवधारणा अघि सारेका राष्ट्रपति डा. यादवले ०६२÷६३ को जनआन्दोलनले दिएको लोकतान्त्रिक संविधान जारी गर्ने विषयमा सहमति गर्न सुझाउ“दै दलहरुले जनतासँग गरेको कवूल सम्झिन पनि सुझाव दिए । उनले लिखित रुपमा नै दलका नेताहरुलाई भने,‘जनतासामु गरेको कवूल सम्झिनुहोस् र त्यहिअनुसार अघि बढ्नुहोस् । सहमतिसहित संविधानसभाबाटै संविधान जारी गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु, चाँडो भन्दा चाँडो सफल हुनुहोस् ।’

तीन बुँदामा आफ्नो आसन्न चीन भ्रमणको विषयमा परामर्शका विषयहरु उल्लेख गरेका राष्ट्रपति यादवले नेताहरुलाई भने,‘तपाईहरु धेरैजसो विषयमा सहमति कायम गर्न सफल हुनुभएको छ, संघीयतालगायतका केही विषयमा पनि समयमै सहमति कायम गरी जनतास“गको वाचा पुरा गर्नुहोस् ।’ राष्ट्रपति डा. यादवले अहिलेसम्म दलहरुको सुझाव अनुसारै आफूले काम गरेको उल्लेख गर्दै संविधान निर्माणमा दलहरुको धारणा नै आधिकारीक मान्ने बताउ“दै भने,‘सद्भावसहितको राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय र सहमति लिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु ।’

चीनको हाइनान प्रान्तमा हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति उता जान लागेका हुन् । उनले चीनबाट फर्किँदा संविधान निर्माणको विषयमा खुसीको खबर सुन्न पाउने आफूले अपेक्षा गरेको उल्लेख गरे । त्यसअघि कांग्रेस, एमाले र एमाओवादीका नेताहरुस“ग राष्ट्रपति यादवले चा“डो सहमति गर्नका लागि अपिल गरेका थिए । हुन त राष्ट्रपतिले नेताहरुलाई बोलाएर बारम्बार सम्झाउने गरेका छन् । तर, पत्र पठाएरै र लिखित रुपमा नै सम्झाउनुको भित्री रहस्य भनेको उनको सक्रियतापूर्वको तयारी हुनसक्ने अनुमान गरिएको छ । विहीबारदेखि चीन भ्रमण गर्ने र फर्केपछि राजनीतिक रुपमा नै यादवले नया“ ढंगले अघि बढ्ने सोच बनाएको स्रोतहरुको दाबी छ ।

Post a Comment

0 Comments