Subscribe Us

निरु पालको बिषयलाई लिएर बालकोटमा बबाल

काठमाडौं । दुई धारमा उभिएको नेकपा एमालेको युवा संघको विषयलाई लिएर नेताहरुबीच अध्यक्ष केपी ओली निवास बालकोटमा बबाल भएको छ । 

पहिलेदेखि नै विधान र नीतिको कुरा चलिरहेको एमालेभित्र अध्यक्ष ओली नै विधानविपरित महेश बस्नेतले छाडेको नेतृत्वमा निरु पाललाई राख्न राजी भएको विषयलाई लिएर बबाल भएको हो । 

अर्कोतिर युवा संघमा समानान्तर समिति पनि गठन भएपछि अहिले एमाले दुई ध्रुवमा बाडिएको छ । दिलु पन्त नेतृत्वमा समानान्तर समिति गठन पनि भइसकेको छ । एमालेभित्र यहि विवादलाई लिएर स्थायी समितिमा समस्या भएको छ । ओली यतिवेला विरामी भएपनि माधव नेपाल पक्षका नेताहरुले उनलाई यो विवाद मिलाउनका लागि सुझाव दिएका थिए । तर, ओलीले बस्नेतको कुरा सुनेको भन्दै पदाधिकारीहरु नै आक्रोशमा उत्रिएका थिए । 

ओली निवास बालकोटमा भएको स्थायी समितिको वैठकमा युवा संघले काठमाडौं र मकवानपुरमा गरेका भिन्नाभिन्नै कार्यक्रमले गलत सन्देश गएको समिक्षा भएको थियो । सो समिक्षाका क्रममा नेताहरुबीच भनाभन पनि भएको थियो । ‘युवा संघको विवाद उचाल्न पार्टीका नेताहरुको भुमिका देखिएको विषयमा कुराकानी भयो, तत्काल विवाद समाधान गर्ने पहल गरिने भएको छ’, वैठक स्रोतले भन्यो,‘यसमा नेताहरु गम्भिर हुनका लागि आग्रह गरिएको छ ।’

Post a Comment

0 Comments