Subscribe Us

भिआईपी गुण्डा, जसले २ करोड फिर्ता गरे

पोखरा । यस्तो एक गुण्डाका नाईके पक्राउ परेका छन् जसले फिरौंती दिन ल्याएको दुई करोड रुपैंया फिर्ता गरे । पैसा फिर्ता मात्र गरेनन् राम धुलाई गर्दै भने, ‘म दुई करोडमा बिक्ने जस्तो लाग्यो पाँच करोड ल्याउ भनेको होईन किन दुई करोड मात्र ल्याएको ।’ 

उनको स्टाईल, लगाई र शोख र्हेने होे भने हलिउडका नाईक भन्दा कम छैनन् । उनको फेसबुक प्रोफाईलले उक्त कुराको पुष्टि गर्छ । 
 
जिउभर ट्रयाटुु, व्राण्डेड कपडा, अण्डर ग्राउण्ड जुत्ता उनको शोख पुरा गर्ने केही समाग्री हुन । पोखाराको एक हाउजिङ कम्पनीलाई पाँच करोड फिरौंती मागेका भिआईपी गुण्डा धनबहादुर छन्त्याल उर्फ लक्ष्मणलाई कास्की प्रहरीले पक्राउ गरेको छ । हाउजिङ व्यापारी तथा रुपाकोट होटलका सञ्चालक पुष्पराज अधिकारीसँग लक्ष्मणले पोखरामा व्यापार गर्नु छ भने पा“च करोड हाम्रो समुहलाई सहयोग गर्न आग्रह गरेका थिए । 
 
स्रोतका अनुसार लागूऔषध मुद्दामा केद्रिन्य कारागार सुनधारामा रहेका अर्का गुण्डाका नाईके बिक्रम लामालाई निकाल्नु प¥यो भन्दै लक्ष्मणले व्यापारी अधिकारीसंग उक्त रुपैंयाको माग गरेका थिए । बिक्रम लामा गत बर्ष काठमाडौंबाट ३० ग्राम लागूऔंषधसहित पक्राउ परेका थिए । पक्राउ परेका लामा मुद्दा पुर्पक्ष्ँका लागी थुनामा रहेका छन् । बिक्रमको पक्राउसंगै पोखराका व्यापारीहरुसंग लक्ष्मणले पैसा असुल्दै आएको एक व्यापारी बताउछन् । 
 
 व्यापारीलाई कुटपिट गरी बन्दुक देखाउदै पाँच करोड पैसा नदिए ज्यानमार्ने धम्कि दिएपछि अधिकारी प्रहरीको शरणमा पुगेका थिए । प्रहरीले खोजी सुरु गरेपछि फरार भई काठमाडौं आएका लक्ष्मणलाई काठमाडौं प्रहरीको सहयोगमा पुरानो बानेश्वरबाट पक्राउ गरी पोखरा लगिएको थियो । लक्ष्मणसंग हतियार भएको सुचनासमेत प्रहरीले पाएको थियो । 
 
पोखरा लगेपछि उनको घर खान तलासी गर्दा हतियार बरामत भएको पोखरा प्रहरीले जनाएको छ । लक्ष्मणले व्यापारीलाई हतियार देखाएर असुले धन्दा चर्काएका थिए । लक्ष्मणको घरबाट प्रहरीले कुटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको छ । छन्त्याल बागलुङ जिल्ला घर भई हाल लेखनाथ नगरपालिका वडा नं. १ सैनिकबस्तीमा बस्दै आएका छन् । 
 
प्रहरीले राजनीतिक आबरणमा ब्यापारीस“ग असुली गरेको आरोप समेत छन्त्यालमाथि लगाएको छ । यसअघि छन्त्याल हातहतियार मुद्दामा ८ महिना जेल बसेर छुटेका अभियुक्त हुन् । पोखराका डन विक्रम लामाको समूहमा आबद्ध लक्ष्मणले लामा लागूऔषध मुद्दा जेल चलान भएपछि लामाको असुली धन्दो सञ्चालन गर्दै आएको उनि निकट स्रोत बताउछ । 
यि हुन लक्ष्मणका हाई प्रफाईल फोटो 







Post a Comment

0 Comments