Subscribe Us

मातृका यादवका कार्यकर्तामाथी गोली प्रहार,
दुईको हत्या एक घाईते

जनकपुर ।  बिद्यालयको व्यबस्थापन समितीको नेतृत्वको बिषयलाई लिएर झडप हुँदा धनुषाको सबैला नगरपालिकामा सोमबार राति  दुई जनाको ज्यान गएको छ भने एक गम्भीर घाईते भएका छन् । झडपको क्रममा गोली चल्दा ३० वर्षीय रामसेवक राउत र ४२ वर्षीय कृषक रामप्रकाश यादवको मृत्यू भएको हो ।  राउतमाथि विद्यालय परिसरमै गोली हानिएको थियो । गोली लागेपछि उपचारका लागि काठमाडौं लाने क्रममा उनको बाटैमा गएराति नै ज्यान गएको हो ।

 विद्यालयमा भएको झडपको करिब तीन घण्टापछि सोही वाडका यादव माथिपनि गोली हानी हत्या गीएको थियो । उक्त नगरपालिकाको वडा नं १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको नेतृत्व छान्ने क्रममा भएको विवादले उग्ररुप लिएपछि दुईजनाक माथी गोली प्रहार भएको थियो । व्यवस्थापन समितिको अध्यक्ष चयनबारे नेकपा माओवादी मातृका यादव समुह र नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादव समुहका कार्यकर्तावीच झडप भएको थियो ।

झडपका क्रममा यादवको शरिरमा पाँच राउण्ड गोली हानिएको थियो । व्यवस्थापन समितिको अध्यक्षको विवादमा गम्भीर घाइते रामसागर साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

मृत्यु भएका राउत र घाइते साह मातृका यादव माओवादीका कार्यकर्ता रहेको जनाइएको छ घट्नाबारे छानविन सुरु गरिएको डिएसपी प्रसाईले बताए ।

Post a Comment

0 Comments