Subscribe Us

म्यारिज व्यूरोको नाममा तस्करी,
बच्चा जन्माउने मेशिनको रुपमा प्रयोग हुदै नेपाली युबती

 काठमाडौं । बिभिन्न बहाना तथा प्रलोभन देखाई नेपाली युबतीलाई पेपर म्यारिजको नाटक रचेर चिन र कोरियामा बेचबिखन गर्ने अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरी सुक्रवार सार्बजनिक गरेको छ । सिआईबीले गिरोहका नेपाली नाईके पासाङ शेर्पा भन्ने छेरु शेर्पा, विपिन शिवाकोटी र कोरियन नागरिक हि चाङ पार्कलाई पक्राउ गरी सार्बजनिक गरेको हो ।

 गिरोहले बिभिन्न जिल्लाबाट ल्याईएका युबतीहरुलाई पेपर म्यारिज गरी कोरिया र चिन लगेर रोजगार दिलाउने नाममा युबतीको तस्करी गर्ने गरेको सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ । यसरी बेचिएका युबतीलाई बिदेशमा बच्चा जन्माउने मेशिनको रुपमा प्रयोग गर्ने गरेको गिरोेहको पक्राउ पछि खुलेको छ । संखुवासभा घर भई धापासी बस्दै आएकी छेरुले चुनदेवीमा घर भाडामा लिएर छेरु इन्टरनेशनल म्यारिज ब्यूरो नामक सस्था सञ्चालनगरी नेपाली युवतीहरुलाई विवाहका लागि ल्याएर कोरियन र चिनियाँ दलालसँग समन्वयको काम गर्दै युबतीको तस्करी गर्ने गरेको सिआईबीको दाबी छ ।

नेपाली युवती र विदेशी पुरुषहरुको विवाहपछि बस्नको लागीसमेत उक्त घरमा पाँच कोठा सजाईएको सिआईबीले फेला पारेको छ ।  पेपर म्यारिज हुनुअघि युवतीहरु राख्ने छुट्टै कोठा समेत छ । प्रायः कम उमेरका मंगोलियन अनुहारका युवतीहरु तस्करीको टार्केट भएको  सिआईबीको अनुसन्धानले देखाएको छ ।

कोरियन र चिनियाँ पुरुषलाई नेपाली युवतीहरुको फोटो देखाई नेपाल बोलाउने दलाली भने कोरियन नागरिक हि चाङ पार्कले गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखीएको छ। उनले नेपालमा छेरु म्यारिज ब्यूरोमा जम्मा गरेका युवतीहरुको तस्वीर देखाएर १५र२० लाख लिने र विवाहका लागि कोरियन र चिनियाँ पुरुषहरुलाई नेपाल पठाउने काम गर्दै आएका प्रहरीको दाबी छ ।

छानिएका युवतीहरुले ब्यूरोले नै नागरिकता र राहदानी बनाइदिने र ललितपुर, भक्तपुर सहितका जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाएर विवाह दर्ता गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । विवाह दर्तापछि उनीहरुलाई कोरियन वा चिनियाँ भाषा सिकाउने र भिसा लगाउने प्रक्रिया सुरु हुन्छ । भिसा लागेपछि ब्यूरोले नै हवाई टिकट समेत ब्यवस्था गरेर पठाउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार पेपर म्यारिज गरेर चीन वा कोरिया पुगेपछि भने नेपाली युवतीहरुलाई मानसिक यातनाका साथै यौन शोषण गर्ने गरेको पाइएको छ । यसरी बेचिएका युवतीहरुलाई बच्चा पाउने मेसिन जस्तो ब्यवहार गर्ने र बच्चा नजन्माए ज्यान मार्ने धक्की दिएपछि मात्र नेपाली युवतीहरुले आफू बेचिएको थाहा पाउने गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

नेपाली युवतीहरुसँग विवाह गर्ने चिनियाँ र कोरियनहरु २० देखी ३० वर्षसम्म जेठो हुने गरेको पाइएको छ । साथै पेपर म्यारिज गरेर जाने नेपाली युवतीहरुलाई विवाह गरेको पुरुषको नाम समेत थाहा हुँदैन् । यसरी बेचिने नेपाली युवतीहरुको संख्या संयौं हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


Post a Comment

0 Comments