Subscribe Us

अबैध पोस्तोलसहित पाँच पक्राउ

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलबाट अवैध हातहतियारसहित  पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटल लोन्लीका सञ्चालक विवस पौडेलसहित पाँच अनिल परियार, हीरासिंह गुरुङ, बलबहादुर विक र तेन्जिङचुण्डु लामालाई पक्राउ गरेको हो । 

होटल लोन्लीका सञ्चालक रहेका पौडेलले आफू सुत्ने कोठामा लुकाइ छिपाई राखेको अवस्थामा एयरगन मोडलको एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गत सातापनि पोखरामा फिरौंती आंतक मच्चाउने गुण्डाका नाईके लक्ष्मण छन्त्याललाई हतियास सहित प्रहरीले पक्राउ गरेको थियो । राजधानीपछि बढी गुण्डागर्दी हुने क्षेत्रमा पोखारा पर्दछ ।

Post a Comment

0 Comments