Subscribe Us

अब पाशङले सेक्स गर्न नपाउने भए

काठमाडौं । उपचारको बहानामा घर पुगेर फरार भएका कैदी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले फरार कैदी पासाङ शेर्पालाइ सुक्रवार सातदोबाटोबाट पक्राउ गरेको हो । 

गत  २६ फागुनमा   उपचार गर्न जाने बहानामा काठमाडौं बौद्ध नयाँबस्तीमा श्रीमतीसंग सेक्स गर्न पुगेका शेर्पा प्रहरीलाई झुक्याउदै झ्यालबाट हाम फालेर फरार भएका थिए । सुक्रवार पाशङको पक्राउ संगै अब उनले जेलबाट नस्किएर सम्म सेक्स गर्न पाउने छैनन् । 

अब उनलाई कुनै पनि बाहानामा प्रहरीले घरसम्म पु¥याउने छैन् । जेलबाट भाग्नेलाई कारागार ऐन अनुसार केहि महिना गोलघरमा राख्ने नियम छ । पाशङलाई काठमाडौं जिल्ला अदालतको गत असोज २८ मा मुद्दा फैसला  गर्दै १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरीवाना तोकिएको थियो । 

डिल्ली बजार कारागारमा बस्दै आएका शेर्पा प्रहरीलाई आर्धिक प्रलोभनमा पारेर घर जान सफल भएका थिए । उनलाई भगाउन र घर लैजान आदेश दिने प्रहरी निरक्षक र तिन प्रहरीमाथी अनुसन्धान भईरहेको छ ।

Post a Comment

0 Comments