Subscribe Us

सुनको तस्करीको नयाँ रुट, ८ किलो सुन सहित दाजुभाई पक्राउ

सिन्धुपाल्चोक । अरनिको राजमार्ग छाडेर भित्री चोरबाट काठमाडौं भित्र्याउदै गरेको आठ किलो सुन प्रहरीले बरामत गरेको छ ।  चोरबाटोमा बरामत भएको उक्त सुन संगै तस्करीको नयाँ रुटकोसमेत प्रदाफास भएको छ । सिन्धुपाल्चोकको जलविरेबाट प्रहरीले ८ सुनका बिस्कुटसहित विकट गुम्बा गाविसका दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।

 बा २ ख १२०२ नम्बरको बसमा यात्रा गरिरहेका लाक्पा शेर्पा र पासाङ शेर्पाको साथबाट ८ केजी सुन प्रहरीले बुधबार बरामद गरेको हो । पासाङको साथबाट ५ केजी र लाक्पाको साथबाट ३ केजी सुन बरामद भएको जलविरे प्रहरीले जनाएको छ । उनीहरुले कम्मरमा बाँधेको पटुका भित्र सुन लुकाएका थिए । सो सुन काठमाडौंतर्फ लैजान लागेकोबेला उनीहरु पक्राउ परेका हुन् ।

। पक्राउ परेका दाजुभाइले चिनियाँ ब्यापारीले एक किलो बोकेको बीस हजार रुपैयाँ दिने शर्तमा सुन बोकेर हिँडेको बयान प्रहरी समक्ष दिएका छन् । भरिया दाजुभाईले चीनको खासाबाट भैरवकुण्ड लेक, वाङगुचे हुँदै गुम्बा गाविसबाट सुन तस्करीको प्रयास गरेको अनुसन्धानबाट खुलासा भएको छ ।

Post a Comment

0 Comments