Subscribe Us

रानीबारी हत्याकाण्डका अभियुक्त गुरुङको १७ करोड अबैध सम्पत्ती,कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग,
नागरिकता ऐन र सम्पत्ती सुद्धिकरणक गरी ४ मुद्दा,

तीन वटा बिलासिताका गाडी, बालाजुमा दुई रोपनी जग्गा, जलबिद्युतमा ४ करोडको शेयर, दुइ नागरिकता र नागरिकता बनाउने खाली कार्ड बरामत
काठमाडौं । चर्चित रानीवारी हत्याकाण्डका अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले थुुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका अतिरिक्त न्यायाधिस राजेश काफ्लेले बिहीवार थुनछेक आदेश गर्दै अभियुक्तद्घय मनराज गुरुङ र प्रमेश चौंहानलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो । ‘तत्काल प्राप्त प्रमाणको आधारमा यि प्रतिबादीलाई निर्दोश भन्ने अबस्था देखिएन, पछि प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुने नै हुदा हाललाई थुनामा राख्नु’, आदेशमा भनिएको छ ।

 आदेशपछि अभियुक्तद्धए गुरुङ र चौंहानलाई केन्द्रिय कारागार सुनधारमा पठाएको अदालतका रजिष्टार श्री प्रसाद सन्जेलले बताए । ३१ असार २०५९ मा रानीबारीमा हेमन्त श्रेष्ठ र अन्जली श्रेष्ठको शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरीएको थियो । तर प्रहरीले तत्काल केही उपलब्धी हांसिल गर्न नसके पनि १२ बर्षपछि हत्यारा पक्राउ गर्न सफल भएको छ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईवी) ले रानीवारी हत्याकाण्डको अभियुक्त पक्राउ गरी जेलसम्म पु¥याउन सफल भएको हो ।

 तर प्रतिबादीका कानून व्यावसायीले प्रहरीले ठोस प्रमाणको अभावमा जबरजस्ती हत्यारा साबीत गर्न खोजेको जिकिर गरेका थिए । फैजदारी मुद्दामा थुनछेकको लागि तत्काल पाप्त प्रमाणको आबश्यकता पर्छ तर अनुसन्धान गर्ने निकायले १२ बर्षपछि हत्यामा संलग्न प्रतिबादीले मेरो पसलमा चिया खाएको , मेरो पसलमा आएर घाउमा टेप लगाएको जस्तो भनाई राखी काल्पनिक साक्षी खडा गरी अपराधी बनाउन खोजीएको आरोप कानून व्यावसायीको थियो । 

अपराध गर्नु पर्ने सम्मका कारण स्थापित हुनेपर्ने उनीहरुको दाबी थियो । अभियुक्तका तर्फबाट बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, लब मैनाली, प्रकाश राउत र नेपाल बारका महासचिव सुनिल पोखरेल, राजेन्द्र सेडाई लगायतले बहस गरेका थिए । व्यूरोको अनुसन्धान र जिल्ला न्यायधिवक्ताले पेश गरेको २६ पृष्ठ लामो अभियोगमा हत्यारा पुष्टि हुने प्रमाण नभएको प्रतिबादीका कानून व्यावसायीले जिकिर गरेका थिए । १२ बर्ष अगाडिको घटनालाई प्रहरीले देख्ने सुन्ने भन्दै १२ बर्षपछि साक्षी नियतबस राखिएको आरोप कानून व्यावसायीको थियो । 

 काठमाडौंमा भएको १८ औं सार्क सम्मेलन सकिएको दुई दिन पछाडी सोह्खुटेस्थित थकाली भान्छा घरमा प्रहरीको साक्षी ‘सिआईवी ५०’ संग मनराज गुरुङले रानीवारी हत्याकाण्ड आफूले गरेको सुनाएको आधारमा सिआईवीले अनुसन्धान सुरु गरेको थियो । सिआईवीले २८ जना सांकेतिक साक्षी खडागरी बयान लिएको छ । सिआईबीले अनुसन्धानको क्रममा गुरुङ र चौंहानको साथबाट दुई वटा नागरिता समेत फेला पारेको छ । मुख्य अभियुक्त मानिएका गुरुङको १७ करोड अबैध सम्पत्ती रहेका अनुसन्धानबाट खुलेको छ । गुरुङले सुपारी लिई बिभिन्न व्यक्तिहरुको हत्या गरी अकुत सम्पत्ती थुपारेको भन्दै सम्पत्ती सुद्धिकरण निवारण ऐन २०६४  बमोजिम मुद्दा चलाउने तयारी गरेको छ ।

 सिआईबीले गुरुङको सम्पूर्ण चल अचल सम्पत्ती रोक्का राखी अनुसन्धान थालेको जनाएको छ । गुण्डागर्दीकै शैलीमा अपर तामाकोशी हाईड्रोमासमेत ४ करोडको शेयर लिएको दाबी सिआईबीको छ । उक्त शेयर लिदां तत्कालिन दोलखाका सिडीओ उद्धब खड्कालाई कुटपिट गरेको समेत प्रहरीको अनुसन्धामा खुलासा भएकोे छ । चौहानले आफ्नो बहिनीको भन्दा कम उमेर राखी रामेछाप जिल्लाबाट किर्ते नागरिकता लिएको खुलासा भएको छ । 

Post a Comment

0 Comments