Subscribe Us

आमा बुाबुको मृत्युपछि नाबालकको बिचल्ली

काठमाडौँ । चाबहिल शान्ति गोरेटोमा चनाचटपटे बेचेर जीवनयापन गर्दै आएका यादव दम्पतीले आत्म हत्या गरेपछि दुई नाबालको बिचल्ली भएको छ । रौतटहटको गौर नगरपालिका–५ का स्थायी बासिन्दा रामविजय यादव र उनकी श्रीमती सुनितादेवी आज बिहान सोही स्थानमा मृत फेला भेटिएपछि नाबालको बिचल्ली भएको हो ।

शुक्रबार राति छोराछोरीलाई बेग्लै कोठामा सुताएर अर्को कोठामा सुतेका उनीहरूमध्ये श्रीमान् झुन्डिएको तथा श्रीमती ओछ्यानमा नै मृत भेटिएको  महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश सिंहले बताए । अबेरसम्म बाबु आमा नउठेपछि छोरा–छोरीले ढोका खोलेर हेर्दा  बाबु पासो लगाएर झुन्डिएको अवस्थामा थिए भने आमा ओछ्यानमा लडेकी थिइन्। 

बाबाआमा भन्दै छोराछारी रोए, कराए र सुमसुमाए। तर दुवैले संसार छोडिसकेका थिए। रौतटहटको गौर नगरपालिका–५ का स्थायी बासिन्दा रामविजय यादव र उनकी श्रीमती सुनितादेवी काठमाडौँ महानगरपालिका चाबहिल शान्ति गोरेटोमा चनाचटपटे बेचेर जीवनयापन गर्दै आएका थिए। गुजारा सकेर शुक्रबार राति कोठामा सँगै खाना खाएका थिए। छोराछोरीलाई बेग्लै कोठामा सुताएर दम्पति अर्को कोठामा सुतेका थिए। राती झगडा वा कुनै आवाज पनि नसुनिएको छिमेकीले प्रहरीसँग बताएका छन्।

बाबुआमा दुवै मृत भेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली आएर दुवैको शव  परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा पठाएको छ ।  तर यादव दम्पतीको मृत्युको कारण भने खुल्न सकेको छैन् । मृत फेलापरेका दम्पतीको शव बरामद गरेर पोस्टमार्टमका लागि महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश सिंहले बताए। यादव दम्पतीका छोरा र एक छोरी छन्। बाबुआमासँगै बस्दै आएका छोराछोरीको विचल्ली भएको छ।

Post a Comment

0 Comments