Subscribe Us

निर्मल निवास निषेधपछि पारसको होटेलको बास

काठमाडौं । थाइल्याण्डमा लामो समय बिताएपछि बिहीवार नेपाल आएकापूर्वयुवराज पारस शाहले ।को बास होटलमा भएको छ ।  बिहीवार दिउसो काठमाडौं फर्केका पारसलाई बुबाआमा, पत्नीले वास्ता नगरेपछि उनको बास होटलमा हुन पुगेको हो । तर स्रोतका अनुसार उनका छोरा छारी भने उनलाई भ्ट्न होटल नै पुगेका थिए । निर्मल निवासमा प्रबेश न्षिेध गरेपछि उनको बास होटलमा भएको हो । 

 थाइल्याण्डबाट नेपाल फर्केका पारस निर्मल निवास नगई एयरपोर्टबाट सीधै चण्डोलस्थित होटल कुण्डलिनीमा बास बस्न पुगेका छन् । पत्नी र बुबासँग पारसको सम्बन्ध चिसो भएको संकेतका रुपमा उनको होटल बसाइलाई लिइएको छ । थाइल्याण्डमा अर्कै प्रेमिकासँग बस्न थालेपछि पारसलाई हिमानीले वास्ता गर्न छाडेकी छिन् ।

विगतमा श्रीमानको पिटाइ र घरेलु हिंसाबाट वाक्क भएकी हिमानीलाई ससुराले संरक्षण गरेर निर्मल निवास दिएको चर्चा छ । थाइल्याण्ड जानुअघि पारस शाह हिमानीसँगै निर्मल निवासमै बस्दै आएका थिए । तर, स्रोतले भने पारस विहीबार निर्मलनिवास नजानुको कारण अरु केही नभएर ज्योतिषीले दिएको कुनै सुझाव दिएको हुनुपर्ने जिकिर गर्‍यो ।

Post a Comment

0 Comments