Subscribe Us

नौ महिनामा चार हजारभन्दा बढी अभियुक्त पक्राउ

काठमाडौँ । राजधानीमा शान्तिसुरक्षाको उचित प्रबन्ध गर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरीले काठमाडौँ जिल्लामा चालु आर्थिक वर्षकोे नौ महिनामा चार हजार ५ सय ७३ जना पक्राउ गरी अदालतमा पेस गरेको छ । 

महानगरीय प्रहरी परिसरले आईतवार सार्वजनिक गरेको विवरणअनुसार चार हजार ८ सय ५९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा २ सय ८६ जना फरार छन् । गत साउनदेखि चैत २८ गतेसम्म तीन हजार ७ सय १० वटा मुद्दा दर्ता भएका परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले जानकारी दिए । गत वर्षको तुलनामा यो ६ सय ३६ ले कम हो ।

 प्रहरीले पक्राउ भन्दा अनुसन्धानलाई बढी प्राथमिकता दिने गरेको बताउँदै उनले भने,“यसअघि प्रहरीले ९० प्रतिशत अभियुक्त पक्राउ गर्ने तर अनुसन्धान १० प्रतिशत मात्रै गर्ने गरेको थियो, अहिले ९० प्रतिशत अनुसन्धान गर्ने १० प्रतिशत पक्राउ गर्ने गरेका छौँ ।” पछिल्लो समय अपराधमा पनि नयाँ–नयाँ प्रविधि र प्रयोग बढ्न थालेकाले अपाराध अनुसन्धान जटिल बन्दै गए पनि प्रहरीले उल्लेख्य सफलता हासिल गरिरहेको एसएसपी कार्कीले बताए ।

Post a Comment

0 Comments