Subscribe Us

किन जिरो बन्दै छन्, हिरो एसएसपी खरेल

काठमाडौं । चार बर्ष अगाडी महानगरीय प्रहरी परिसरको प्रमुख भएर काम गर्दा एसएसपी रमेश खरेल हिरो बने । सेलिब्रेटी झैं उनी चर्चाकोे शिखरमा थिए । राजधानीका बासिन्दाले प्रहरी होस त रमेश खरेल जस्तो भनेर उनको प्रसंसा गर्थे । राजधानीका गुण्डागर्दीमाथि उनी आंतक नै बने, अबैध यौन धन्दा, हुण्डीका कारोबारीलाई कानूनका दायरामा ल्याए ।

 यौन अखडाबाट ग्रसित काठमाडौंलाई मुक्त पनि गराए । रात्रीकालीन व्यवसायीलाई सुधार गरे,  व्यबसायीलाई कानूनको दायरा बसि ब्यबसाय गर्न सुझाए । रेष्टुरेन्ट ब्यबसायीको नाममा यौन धन्दा चलाउने गुण्डाका नाईके रोज राणा, स्टालियन शेरचनलगायत एक दर्जनलाई कानूनको दायरामा ल्याय । 

 उनको एक बर्षे कार्यकाल सफलतापूर्ण बित्यो । जनता र सञ्चारमाध्यमको लागि उनी नेपाल प्रहरीको एक मात्र सक्षम प्रहरी अधिकृत बन्न पुगे । त्यसअघि कास्की प्रहरीको जिम्मेवारी सम्हालेका एसएसपी खरेलले पोखरेलीको लागि पनि भगवान साबित भए । पोखराको गुण्डागर्दी र अबैध यौन धन्दालाई खरेलले निर्मुल पार्न सफल भए । पा“च बर्षको समयमा पोखरा, काठमाडांै र बिरगञ्जको प्रहरी प्रमुख बनेका खरेलले सोचेभन्दा बढी सफलता हा“सिल गरे । रातको आठ बजे हिड्न डर लाग्ने बिरगञ्जमा १२ बजे हिडे पनि हुने भयो भनरे बिरगञ्जबासीले फूलमाले स्वागत र खरेललाई बिरगञ्जमै राख्न आदोल्नसम्म गरे ।

 एसएसपी खरेल विरगञ्ज रहुन्जेल कुनै पनि आपराधिक घटना घटेन । सञ्चारकर्मी पनि एसएसपी खरेलको अन्र्तबार्ता लिन र स“गै बसेको फोटो खिचेर फेसबुकमा पोष्ट गर्न पाए भाग्यमानी ठान्न थालेका थिए । तर, समय बदलिएको छ अहिले । हिजो हिरो बनाउने सञ्चारमाध्यान आज त्यहि एसएसपी खरेललाई जिरो बनाउने अभियानमा जुटेका छन् । पछिल्लो पटक एसएसपी बनेर पुनः काठमाडौं आएका एसएसपी खरेललाई प्रहरीको प्रधान कार्यालयले कारवाही स्वरुप फिर्ता बोलायो । 

प्रधान कार्यालयबाट उनि १० महिनाअघि भरतपुर तालिम केन्द्र सरुवा भए । सेलीब्रेटी नै भएकाले सञ्चार माध्याम पनि उनको पछाडि लगातार लागिपरे । सोही क्रममा उनी कहिले तस्करको पाटीमा देखिए त कहिले भारतीय गुप्तचरी संस्था ‘रअ’ का एजेन्टहरुसग भेटिएका समाचारहरु प्रकाशित हुन थाले । हँदा हुँदा उनले आफ्नै श्रीमतीलाई सुराकी खडा गरी कमिशन खाएको कुराले सारा सञ्चार माध्यम उनि बिरुद्ध खनिए ।

 सुराकि काण्डले उनकोे पदिय मर्यादामा कुनै असर नपरेपनि राम्रा भनिएका खरेलपनि उहि ड्याङको रहेछन् भनेर टिका टिम्पणी भने हुन थाल्यो । सञ्चारमाध्याममा जे पनि बोल्ने उनको बानीले उनलाई नै लगातार हानि पु¥याइरहेको थियो । तर यो कुरा उनले कहिले बुजेनन् । सोही क्रममा चेन अफ कमाण्ड मिचेको आरोपमा कारवाही समेत परे । उनलाई प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमा बोल्न नै निषेध गर्यो । व्रिफकेस काण्डले त उनलाई प्रहरी संगठनभित्र सबैसँग दुश्मनी बढायो । यतिखेर तीनै एसएसपी खरेल फेरि एक पटक विवादमा तानिएका छन् । उनी भरतपुर तालिम केन्द्रमा सिपाई भर्नामा मुछिएका हुन् ।

 पूर्णांक २० मध्ये कम्तीमा ८ र अधिकतम १२ नम्बर दिनुपर्ने प्रावधान छ । तर अन्तर्वार्ता दिएका धेरै परीक्षार्थीलाई अधिकतम १२ नम्बर भन्दा बढी दिएपछि उनी विवादमा परेका हुन् । आयोगको सिद्धान्त अनुसार १२ नम्बरभन्दा बढी दिनुपरे विशेष कारण खुलाएर मात्रै दिनुपर्छ । तर, खरेल अध्यक्ष रहेको परीक्षा समितिले चित्तबुझ्दो कारण नखुलाई अधिकतम १२ नम्बर दिएपछि उनी फेरि समाचारको पात्र बनेका हुन् ।

Post a Comment

0 Comments