Subscribe Us

भोली र पर्सिको बन्द फिर्ता लिने मोर्चाको निणर्य

काठमाडौं । एमाओवादी नेतृत्व ३० दलीय मोर्चाले भोलि र पर्सिको आमहड्ताल फिर्ता लिने निणर्य गरेको छ । मंगलबार पहिलो दिनका आमहड्तालको समीक्षा गर्न सिंहदरबारमा बसेको मोर्चाको बैठकले  मंगलवार साझ आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । 

सरकारले ३० गतेका लागि कार्यसूची बिनै संविधानसभाको बैठक बोलाएकाले भोलि र पर्सिको आन्दोलन कार्यक्रम परिमार्जन गरिएको हो ।  बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए। त्यसबारे निर्णय लिन दुई घन्टा लागेको थियो । 

विभिन्न उद्योगी व्यवसायीहरूले अध्यक्ष प्रचण्डलाई भेटी आमहड्ताल फिर्ता लिन मंगलवार दियसो आग्रह गरेका थिए। व्यापारी, व्यवसायीहरूले प्रधानमन्त्री सुशील कोइराला पनि भेटेर आम हड्ताल फिर्ताका लागि पहल गर्न आग्रह गरेका थिए। छिट्टै बैठक बसेर अगाडिको रणनीति तय गर्नेमा पनि आजको बैठकले निर्णय गरेको छ।

Post a Comment

0 Comments