Subscribe Us

रानीबारी हत्याकाण्डका अभियुक्त जेल चलान

काठमाडौं । रानीबारी हत्याकाण्डका आरोपीतलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्ने आदेश दिएको छ । हत्यामा संलग्न भनिएका मनराज गुरुङ र प्रमेश चौहानलाई पुर्वक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतले दिएको होे । 

अदालतका अतिरिक्त न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले प्राप्त प्रमाणका आधारमा प्रदिबादीलाई अहिले नै कसुरदार होईन भन्न सकिएन पछि प्रमाण बुझदै जादाँ ठहर बमोजिम हुने नै हुदा हाललाई थुनामा राख्नु, आदेशमा भनिएको छ । अदालतको आदेशपछि गुरुङ र चौहानलाई केन्द्रीय कारागार चलान गरिएको अदालतले जनाएको छ । रानीबारी हत्याकाण्ड भएको १२ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको थियो ।

 उनीहरूलार्इ बुधबार अदालतमा उपस्थित गराइएको थियो । सरकारी वकिलले दुबैलार्इ जन्दकैदको माग गरेको छ । हत्याका मुख्य योजनाकार भने अझै फरार छन् । मुख्य अपराधीको पहिचान भइसकेको तर, हाल बेलायतमा रहेकाले पक्राउ पर्न नसकेको बताएको छ । काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।

Post a Comment

0 Comments