Subscribe Us

सिआईबीले दियो डन मनराजलाई ७ आना जग्गा

काठमाडौं । चर्चित रानीवारी हत्याकाण्डमा प्रहरीले किर्ते कागजात तयार पारी मुद्दा बलियो बनाउने प्रयास गरेको प्रमाण फेला परेको छ । १२ बर्ष अघि भएको हत्याकाण्डमा ईन्जिनियर हेमन्तकुमार श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएको थियो ।

 सोही हत्या काण्डमा संलग्न भएको भन्दै हाल मुद्दा पुर्पक्षको लागि कारागार चलान भएका डन मनराज गुरुङको अबैध सम्पत्ति भन्दै अर्कै ब्यक्तिको सम्पत्ति नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि भन्दै रोक्का गरेको छ । 

सीआईबीले सो जग्गा रोक्का गर्दै हत्यारा भनिएका गुरुङको श्रीमतीको नाममा रहेको सम्पत्ति भन्दै मिसिलमा पेश गरेको छ । गुरुङमाथि सिआईवीले गुण्डागर्दी र सुपारी लिई अर्काको ज्यान मार्ने कार्य गर्दै अकुत सम्पत्ति थुपारेको अभियोग लगाएको छ ।

 सीआईबीले अनुसन्धानको क्रममा मूलपानी निवासी सुरेश गुरुङको श्रीमती ललिता गुरुङकोे नाममा रहेको ७ आना ३ पैसा २ दाम जग्गा हत्याको आरोप लागेका गुरुङको श्रीमतीको जग्गा भएको दावी गर्दै रोक्का गरेपछि घटना बाहिर आएको हो । सीआईबीले सुरेश गुरुङकी श्रीमती ललितालाई समेत मनराजकी श्रीमती भन्दै मिसिलमा पुर्जाको प्रतिलिपी समेत पेश गरिएको छ । सीआईवीले पेश गरेको जग्गा धनी प्रमाण पूर्जामा फोटो समेत अभियुक्त मनराज गुरुङको श्रीमतीसँग मेल खाँदैन ।

तत्काल प्राप्त प्रमाणलाई बलियो बनाउने मनसाय राखि सीआईबीले गरेको अनुसन्धान फितलो देखिएको कानुन व्यवसायीले आरोप लगाएका छन् । अकुत सम्पत्ति गुण्डागर्दीबाटै थुपारेको अभियोग लगाउन कुनै पनि सम्बन्ध नभएको व्यक्तिको लालपूर्जा मनराज र उसको परिवारको सम्पत्ति भन्दै मिसिलमा राख्नु भनेको सीआईबीले गरेको अर्को स्वेत अपराध हो ।

 जसको भोली पुष्टि हुने आधार पनि छैन् भने सीआईबीको सो हर्कत अदालतको समय खेर फाल्नको लागि मात्र काम लाग्ने कानून ब्यबसायीे बताए । ठेगाना, बाबु, बाजेको नाम समेत नमिल्दा पनि सीआईबीले कुन प्रयोजनको लागि र कुन कुरा पुष्टि गर्नका लागि अर्काको जग्गाधनी पूर्जा मिसिल राखेर रोक्का ग¥यो ? यो विषयले मुद्दालाई झन रहस्यमय बनाएको छ ।

 ‘पक्राउ परेका अभियुक्तद्वयले हत्याकाण्डमा इन्कारी बयान दिएपछि प्रहरीले हत्यारा पुष्टि गर्न प्रमाण संकलन गर्ने क्रममा जसको पायो, त्यसको सम्पत्ति ल्याएर गुण्डाले अकुत कमाएको पुष्टि गर्न खोजेको देखियो’–पीडित गुरुङका कानून ब्यबसायीले भने । ३१ असार २०५९ मा भएको हत्याकाण्ड उजागर सीआईवीले गर्न सफल भएको दाबी गरेता पनि मिसिलमा संलग्न कागजातले भने पुष्टि गरेको देखिदैन । 

स्रोतका अनुसार हत्यामा संलग्न तथा मुख्य योजनाकार भनिएका मामा–भान्जाका रुपमा चिनिने सुजन थापा, सुवास अग्रवाल र अर्का एक जना गुरुङ थरका ब्यक्ति अझै बेपत्ता छन् । सुवास अग्रवाल मेनपावर ब्यवसायीलाई कामदारको कोटा दिने एजेन्टको काम गर्दै आएका थिए । उनका पार्टनर मृतक ईन्जिनियर दम्पतीका घरबेटी गिता खड्का थिइन् । लेनदेनको बिषयमा कुरा नमिल्दा अग्रवालले खड्काको सुपारी दिएको तर हत्या गर्न प्रयोग भएका किलरले श्रेष्ठ दम्पतीको हत्या गर्न पुगेको बताइन्छ । तर, सुपारी दिनेको नाम अहिलेसम्म सीआईबीले रहस्यमै राखेको छ ।

 घटनापछि दुई अभियुक्तको स्केच सार्वजनिक गरेर प्रहरी मौन बसेको थियो । दुई अभियुक्तमध्ये एकको नाम प्रकाश लामा भएको तत्कालिन समयमा प्रहरीले दाबी गरेको थियो । तर, प्रहरीले गुरुङद्वयलाई पक्राउ गरी सार्बजनिक गरेपछि प्रहरीको अनुसन्धानमाथि पनि आशंका उब्जेको छ । उक्त घटनामा संलग्नता बारे अनुसन्धान गर्न नेपाल प्रहरीले दुई दर्जन भन्दा बढी अनुसन्धान टोली गठन गरेको थियो ।

Post a Comment

0 Comments