Subscribe Us

किन गए अख्तियारका आयुक्तको घरमा डिआइजी ?

काठमाडौं । ३५ किलो सुनको नक्कली सुराकी राखेर करोडौ कुम्ल्याउन खोज्ने मुख्य योजनाकार नेपाल प्रहरीका बिबादास्पद डिआइजी प्रकाश अर्याल कारबाहीबाट जोगिन शक्तिकेन्द्रमा धाउन थालेको समाचार प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको बानेश्वर शान्तिनगरस्थित घरमै बिहिवार साँझ डिआइजी अर्याल  पुगेको खुलासा भएको छ  । बिहिवार साँझ करिब आठ बजे  गोप्य रुपमा आयुक्त पाठकसंग सेटिङ मिलाउन करोडौको अफर लिएर  डिआइजी अर्याल निवासमा पुगेको घटनाले प्रहरी बृतमा खैलाबैला मच्चिएको छ । बिहिवार साँझ आठ बजेraj narayan देखि करिब डेढ घन्टा सम्म अख्तियारका आयुक्त पाठक र डिआइजी अर्यालबीच गोप्य भलाकुसारी भएको प्रत्यक्षदर्शी एक ब्यक्तिले जानकारी दिएका छन ।
३५ किलो सुनको सुराकी काण्डमा कारबाहीबाट वच्न प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग सेटिङ मिलाए पनि पछिल्लो समय अख्तियारमा आयुक्तहरुको नियुक्ती भएकोले अख्तियारबाट हुने हरेक निर्णयमा आयुक्तहरुको बहुमतबाट निर्णय गर्नै पर्ने कानुनी ब्यबस्थाका कारण आयुक्तहरुलाइ आफ्नो प्रभावमा पार्न चाकडीलाई अर्यालले  तिब्रता दिएको बुझिएको छ । यो घटनाले अब अख्तियारमा लोकमानको हालीमुहाली केही कम हुन सक्ने संकेत देखिएको छ ।
अब आयोगका हरेक निर्णयहरुमा आयुक्तहरुको सर्बसहमती चाहिन्छ, यदि सर्व सहमती हुन नसकेमा बहुमतले निर्णय गर्नुपर्ने हुन्छ। सिआइवीले करिब दुई बर्ष अघि काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको ३५ किलो सुनको सुराकी बिबाद सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगले समयमै निर्णय  नगर्दा उक्त सुन काण्ड रहस्यमय बन्दै गएको छ । अख्तियारको ढिलाईले एकातिर असली सुराकी पक्षले न्याय पाउन सकेका छैनन् भने अर्कोतिर आफ्नो पदिय मर्यादा बिपरित करोडौं कमिसन कुम्ल्याउने योजनाकारहरुले सहजै उन्मुक्ति पाउन सक्ने सम्भावना रहेको देखिएको छ । प्रहरीले आफुहरुको सुराकीमा उक्त सुन पक्राउ गरेतापनि सुराकी प्रोत्साहन रकमबाट बञ्चित गराई एक करोड ७७ लाख कमिशन कुम्ल्याउने उद्देश्यले सिआइवीका तत्कालिन निर्देशक डिआइजी प्रकाश अर्याल र एसपी ईश्वरबाबु कार्कीले ३५ किलो सुनको सुराकी प्रतिबेदनमा सिआइवीमा कार्यरत असई सूर्यभक्त श्रेष्ठ र प्रहरी हवल्दार शम्भु अधिकारीको दाजुको नाम राखेका थिए । जुन नक्कली सुराकी खडा गर्ने प्रहरी अधिकारी माथि कारबाहीको माग गर्दै उक्त सुराकी प्रोत्साहन रकम आफुहरुले पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकका भिम बहादुर तामाङ, सिन्धुलीका पदमबहादुर तामाङ र महोत्तरीका सञ्जयकुमार झाले अख्तियार देखि व्यबस्थापिका संसदको सार्बजनिक लेखा समितिसम्म उजुरी गरेका थिए । लेखाले अख्तियारलाई दोशीलाई कारबाही गरी असली सुराकीलाई न्याय दिन निर्देशन दिएको चार महिना बितिसकेको छ ।

Post a Comment

0 Comments