Subscribe Us

महाभूकम्पका कारण मर्नेको संख्या दुई हजार नजिक

काठमाडौं । महाभूकम्पका कारण मर्नेको संख्या आईतबार बिहान ७ बजेसम्म १ हजार ८ सय ५ पुगेको  प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा मानवीय क्षति भएको छ । हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

 पाँच हजारको हाराहारीमा घाइतेले उपचार गराइरहेका छन् । अस्पतालको चौरमा पनि राखेर घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ ।पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ ।

 बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् ।भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।




 

Post a Comment

0 Comments