Subscribe Us

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार २० नाघ्यो, घाईते सात हजार

काठमाडौँ,  शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार २० र घाइतेको सङ्ख्या सात हजार ६ सय २४ पुगेको विवरण प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ । 

सबैभन्दा बढी मध्यमाञ्चलमा तीन हजार ९८ र घाइते तीन हजार ७ सय ७७ पुगेको छ । जसअनुसार सिन्धुपाल्चोकमा एक हजार ३ सय ७६, काठमाडौँमा एक हजार ३४, नुवाकोटमा ६ सय ३८, धादिङमा ३ सय ६९, रसुवामा ३ सय २, काभ्रेमा २ सय ७३, भक्तपुर २ सय ५३, ललितपुर १ सय ६९, दोलखामा ५४, मकवानपुरमा ३४, रामेछापमा २४, सिन्धुलीमा नौ, चितवनमा छ, बारा र पर्सामा पाँच÷पाँच जना, सर्लाही, धनुषा र रौतहटमा एक÷एक जनाको मृत्यु भएको छ । 

पश्चिमाञ्चलमा ४सय १३ को मृत्यु र एक हजार १ सय ३० जना घाइते भएका छन् । जसअनुसार गोरखामा ४सय ५, लमजुङमा चार, कास्कीमा दुई, नवलपरासीमा एक, तनहुँमा एक जनाको मृत्यु भएको छ । पूर्वाञ्चलमा भूकम्पका कारण ५१ को मृत्यु र २ सय ५८ जना घाइते भएका छन् । जसअनुसार सोलुखुम्बुमा २२, ओखलढुङ्गामा १७, सुनसरीमा सात, भोजपुरमा दुई, मोरङमा दुई र ताप्लेजुङ¬मा एक जनाको मृत्यु भएको छ । मध्यपश्चिम क्षेत्रमा रोल्पा र रुकुममा एक÷एक गरी दुईको मृत्यु र २१ घाइते भएका छन् । सुदूरपश्चिममा भने भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन ।

 उता सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको आधिकारिक सङ्ख्या एकहजार पाँचसय पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ । जिल्लामा एकहजार ६ सय भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलले बताएका छन् । 


उनका अनुसार चीनको सिमाना जोडिएको तातोपानी क्षेत्र अझै सम्पर्कमा आउन सकेको छैन भने यसैगरी जिल्लाको उत्तरी हिमाली भेगका कैयौँ गाउँहरूको एकीन अवस्थाको जानकारी आउन सकेको छैन । जिल्लाको बरुवा, भोताङ, गुम्बा, गोल्चेको अवस्था अहिलेसम्म जानकारीमा आएको छैन । भर्खरै मात्र नेपाली सेनाको हेलिकोप्टरबाट दालमोठ, चिउरा, औषधि, टेन्टलगायतका राहत सामग्री पुगेको छ । 

राहत सामग्री वितरण गर्नका लागि सकभर गाविसमा जिम्मा लगाउने, सम्भव नभए जहाँ स्थानीयवासी बसेका छन् त्यहीँ लगिदिने काम भइरहेको खरेलले बताए । अब तत्काल केही प्रहरीलाई राहत सामग्री बाँड््न लगाइएको र केही प्रहरीलाई भने उद्धारमा खटाइएको छ । जिल्लाको बाह्रबिसे क्षेत्रमा पनि केही मात्रामा राहत सामग्री पुगेको र अव वितरण गरिने बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

Post a Comment

0 Comments