Subscribe Us

अदालतमा हुने भ्रष्टाचारको प्रमाण प्रधानन्यायाधिस स्वय्मः नेपाल वार

“अदालतमा अन्य निकाय भन्दा कम भ्रष्टाचार छ,  तर थोरै भएपनि त्यो खतरनाक हुन्छ, भ्रष्टाचार निर्मूल पार्ने म प्रयास गर्ने छु,” प्रधानन्यायाधीशले संसदीय सुनुवाईमा बोलेको कुरा बारले जवाफी पत्रमा उल्लेख गर्दै भ्रष्टाचारको प्रमाण प्रधान न्यायाधिस आफै भएको दाबी गरेको छ

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसियनशनले सर्बोच्च अदालतका प्रधानन्यायाधिस रामकुमार प्रसाद शाहको निजी सचिवालयलय लाई भ्रष्टाचारको प्रमाण उपलब्ध नगराउने भएको छ । बारले बिहीवार प्रधानन्यायाधिसको सचिवालयलाई पत्र लेख्दै प्रमाण उपलब्ध नगराउने निर्णय गरेको हो । नेपाल बार एशोसिएसनको चितवनमा सम्पन्न सम्मेलनले  घोषणपत्र जारी गर्दै अदालतमा भ्रष्टाचार भएको ठहर गरेको थियो । बारले जारी गरेको घोषणा पत्रमा अदालतमा भ्रष्टाचार भएको ठहर गरेपछि प्रधानन्यायाधिस शाहाले गत सुक्रवार बारलाई प्रमाण उपलब्ध गराई सहयोग गर्ने लिखित अनुरोध गरेका थिए ।

 उक्त प्रत्रको जबाफ लेख्दै बारले भनेको छ, “बारले सम्मेलनको घोषणात्रमा उठाइएका बिषयप्रति प्रधानन्यायाधीशले लिएको चासोलाई सम्मान गर्दै संसद र न्यायपरिषदबाट बनाइएको विश्वसनीय समिति गठन गरे प्रमाण दिन बार प्रतिबद्ध रहेको जनाएको छ ।” त्सयतै बारले यस्तो समिति गठन गरी वर्तमान प्रधानन्यायाधीश साहकै कार्यकालमा सक्रिय गराउन र सहयोग माग गरेमा प्रमाण उपलव्ध गराउन सकिने बारले सार्बेच्चमा पठाएको  जबाफ पत्रमा उल्लेख छ । अदालतमा रहेको भ्रष्टाचार धमिरा भएको र त्यसले बिस्तारै नष्ट गर्दै लैजाने भएकाले तत्काल कदम चाल्न आवश्यक रहेको भन्दै बारले सम्मेलमा उक्त कुरा उठाएको दाबी गरेको छ । 

विभिन्न सञ्चार माध्यमहरुले समेत अदालतमा भइरहेको अनियमिताको बारेमा समाचार प्रशासन र प्रकाशित गर्दै आएको र त्यसलाईसमेत मध्य नजर गर्दै नियन्त्रणको प्रयास नभएकाले बारले औपचारिक रुपमा यस्तो बिषयमा कारवाही हुनुपर्ने आवाज उठाएको पत्रमा उल्लेख छ । संसदीय सुनुवाई समितिमा समेत न्यायलयमा भ्रष्टाचार रहेको प्रधानन्यायाधीश साहले स्वीकार गरिसकेको हुदाँ थप प्रमाण दिन आवश्यक नभएको उल्लेख पत्रमा गरिएको छ । 

“न्यायाधिशको खराब आचरण सम्बन्धमा छानविन गरी कारवाही गर्ने अख्तियारी पाएको व्यवस्थापिका संसद र न्याय परिषद्को क्षेत्राधिकारलाई सम्माननीयज्यूकै कार्यकालमा क्रियाशील बनाइनेछ भन्ने बारले अपेक्षा राखेको छ, पत्रमा उल्लेख छ ।” न्यायलयमा रहेको भ्रष्टाचार कम गर्न बार सधै सहयोगी र सकारात्मक भूमिका खेल्न तयार रहेको जानकारी गराउँदछौ, पत्रमा भनिएको छ ।” बारले भने प्रमाणँको रुपमा प्रधानन्यायाधीश साहले संसदीय सुनुवाई र अन्य कार्यक्रमा व्यक्त गरेका धारण्ाँ र सञ्चार माध्यममा आएका समाचारलाई पेश गरेको छ । 

बारका महासचिव सुनिलकुमार पोखरेलद्धारा जारी गरीएको बिज्ञप्तीमा, “अदालतमा अन्य निकाय भन्दा कम भ्रष्टाचार छ,  तर थोरै भएपनि त्यो खतरनाक हुन्छ, भ्रष्टाचार निर्मूल पार्ने म प्रयास गर्ने छु,” प्रधानन्यायाधीशले संसदीय सुनुवाईमा बोलेको कुरा बारले जवाफी पत्रमा उल्लेख गर्दै भ्रष्टाचारको प्रमाण प्रधान न्यायाधिस आफै भएको दाबी गरेको छ । कहाँ कहाँ भ्रष्टाचार छ, म जानकार छु , विचौलिया मेरो पहिचानमा छन् र ती अदालतमा पनि छन् वकिलमा पनि छन ।” संसदीय सुनुवाइमा दिएका अभिव्यक्ति प्रधानन्यायाधीशले तथ्यकै आधारमा दिएको ठम्याइ गर्दै बारले पत्रमा उल्लेख गरेको छ । यस्ता अभिव्यक्ति दिने प्रधानन्यायाधीशले ठोस कदम चालेको आशा पनि बारले पत्रमा झल्काएको छ ।

Post a Comment

0 Comments