Subscribe Us

भूकम्प आउंछ भन्दै हल्ला गर्ने दुई पक्राउ,

काठमाडौँ । दश रेक्टर स्केलको भूकम्प जादैं छ भनेर हल्ला गर्ने दुई युवकको प्रहरीको फन्दामा परेका छन् । बुधवार ४ बजे देखी ६ बजेभित्र ठूलो भूकम्प जान्छ भन्दै राजधानीको बिभिन्न ठाउंमा माइकिङ र हल्ला गर्दै हिड्ने  राजेन्द्र खड्गी  र बर्ष ३२ का दोलखा निवासी हिराबहादुर थापालाई प्रहरीले पक्राृउ गरेको हो । 

उक्त हल्ला निराधार भएको प्रहरीले जनाएको छ। राजधानीको ठमेल, भक्तपुर, पाटन र नक्सालमा अन्तराष्ट्रिय समाचार माध्यमको हवाला दिँदै उनिहरुले माइकिङ गरेका थिए । दश रेक्टर स्केल भन्दा माथिको भूकम्प जाने भन्दै राजधानीका विभिन्न स्थानमा माइकिङ भएको थियो। प्रहरीले माइकिङ गर्ने थापालाई ठहिँटीबाट र खड्गीलाई ललितपुरबाट पक्राउ गरिएको प् जनाएको छ । 

साथै अफवाह फैलाउनेलाई देख्ने बित्तिकै नियन्त्रणमा लिन सर्कुलर समेत जारी भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री कार्यलयले समेत अफवाह फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ। माइकिङ गर्नेले संगठित रुपमा चोरीको योजना बनाएको हुनसक्छ। 

Post a Comment

0 Comments