Subscribe Us

राजधानीका पाँच डन जेलमा, सगुन छुट्दै अन्य कैद हुदै

काठमाडौं । आपराधीक क्रियाकलापमा संलग्न राजधानीका आधा दर्जन डन अहिले जेलको हावा खाएर बसेका छन् । जेलको हावा खाने डनमा रमेश बाहुन भन्ने सुजन पौंडेल, सगुन श्रेष्ठ, अभिषेक गिरी, दावा लामा र मनराज गुरुङलगाएत छन् । पछिल्लो समय गुण्डागर्दी बिरुद्ध प्रहरी आक्रमण भएपछि गुण्डागर्दीका नाईकेहरु जेल चलान भएका हुन् । 
 
ठेक्का पट्टामा एक क्षत्र राजगर्न खोज्ने रामेछापका रमेश बाहुन अर्का गुण्डाका नाईके मिनकृष्ण मर्हजनलाई गोली प्रहार गरेपछि फरार भएका बाहुन प्रहरीको फन्दामा परेपछि जेल चलान भएका हुन् । बाहुनमाथी आधा दर्जन अपराधका अभियोग छन् । लागूऔंषध, ज्यानमार्ने उद्योग, हातहतियार खरखजनालगाएतका मुद्दा बाहुनले खेपेका छन् । उनि अहिले केन्द्रिय कारागार सुनधारामा छन । प्रेमीकालाई प्रयोग गरेर व्यापारी अपहरणमा संलग्न बिराटनगरका अभिषेश गिरीपनि केन्द्रिय कारागार मै छन् । 
 
लललितपुरमा एक व्यापारीलाई अपहरण गरेपछि पुर्पक्षका लागी थुनामा नख्खु कारागार पुगेका गिरीले कारागारमै गुण्डागर्दी गरेपछि उनलाई सेन्टर जेलको गोलघरमा राखीएको छ । सन्धुपाल्चोकका जिवन श्रेष्ठलाई अपहरण गरेपछि फरार रहेका भक्तपूरका सगुन श्रेष्ठपनि ५ महिना अघि जाउलाखेलबाट पक्राउ परे । महानगरीय अपराध महाशाखा हनुमानढोकाबाट खटिएको टोलीले उनलाई पक्राउ गरी सिन्धुपालचोक प्रहरीलाई बुजाएको थियो । 
 
जिल्ला अदालत सिन्धुपाल्चोकले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएपछि उनिपनि अहिले कारागारमै छन् । जाउलाखेलको व्यापारी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेको अभियोगमा काभ्रेका दावा लामापनि बिगत ७ महिना देखी डिल्लीबजार कारागारमा छन् । श्रेष्ठलाई ज्यानमार्ने गरी खुकुरी प्रहार गरी फरार लामालाई पनि महाशाखाले नै पक्राउ गरेको थियो । 
 
पक्राउ पर्दा लामाको साथबाट १४ ग्राम लागूऔंषध खैरो हिरोईन बरामत भएपछि उनि अब कम्तीमा ५ बर्ष जेलमै बस्र्नु पर्ने अनुमान गर्न सकिन्छ । लागूऔंषध मुद्दामा ५ ग्राम २४ ग्रामसम्म को कारोबार गर्नेलाई कानूनले ५ बषै देखी १० बर्षबर्ष सम्म कैद गर्न सक्छ । चर्चित रानिवारी हत्याकाण्ड घटाएको अभियोग लागेका रामेछापका मनराज गुरुङपनि बिहीवार जेल चलान भएका छन् । एक महिना अघि नेपाल प्रहरीको केन्द्रिन्य अनुसन्धान व्यूरोले उनलाई पक्राउ गरेको थियो । 
 
मुद्दाको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंले गुरुङ र उनका सहयोगी प्रमेश चौंहानलाई मुद्दा पुर्पक्ष गर्दै थुुनामा राख्ने आदेश दिएपछि उनि कारागार चलान भएका हुन् । गुरुङपनि केन्द्रिय कारागार सुनधारमै छन् । जेलमा रहेका गुण्डामध्य सगुनले भने जाहेरवाला लाई मुद्दा होस्टाएल गर्न लगाए छुट्ने प्रपच्च मिलाएको स्रोतले बतायो ।

Post a Comment

0 Comments