Subscribe Us

महाकालीमा फाल हाल्ने ४ मध्य तिनको शव भारतमा बराममत एक अज्ञात

–परिक्षामा अनुत्तिर्ण भएपछि आत्महत्याको प्रयत्न गरेको अनुमान
 –४ मध्येकी एकजना द्वीतिय श्रेणीमा पास भएकी थिइन् भने अन्य सवै अनुत्तिर्ण थिए
 
दार्चुला । विद्यालयको वार्षिक परिक्षामा अनुत्तिर्ण भएको परिक्षाफल बोकेर घर फर्किनेक्रममा दार्चुलाको दत्तु–२ का चार बालिकाले सोमबार महाकाली नदिमा हाम फालेका छन् । नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ । 

छात्राको खोजीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिए । “तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेको ठगुन्नाले बताए ।     भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ ।  चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।  

हराएकी अर्की केटीको खोजी भइरहेको छ । उनको अवस्था अज्ञात छ । दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीय पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया ममता चुनाराले सामुहिक रुपमा नदिमा हाम फालेका थिए । बिहान ८ बजे प्रकाशित भएको परीक्षाफलको नतिजा लिएर दत्तु–४ स्थित राष्ट्रिय उच्च माविबाट फर्किने क्रममा उनीहरुले महाकालीमा हाम फालेका हुन । 

उनीहरूले सामूहिकरुपमा महाकालीमा हामफालेको राष्ट्रिय उच्च माविका प्राचार्य राजेश सिंह सामन्तले बताए । विद्यालयका प्राचार्य सामन्तका अनुसार हामफालेकामध्ये कक्षा ६ मा अध्ययनरत १२ वर्षीया चुनारा द्वितीय श्रेणीमा पास भएकी थिइन् । उनले जम्मा ४३२ अङ्क ल्याएको प्राचार्य सामन्तले बताए । त्यसैगरी ६ कक्षामा अध्ययनरत लुहार ३३१ अङ्कसहित अनुत्तीर्ण, ७ मा अध्ययरनत ममता चुनारा ३३९ अङ्कसहित अनुत्तीर्ण र ७ मै अध्ययनरत पूजा कोली ३५९ अङ्क ल्याएर अनुत्तीर्ण भएको सामन्तको भनाइ छ । 

अनुत्तीर्ण भएका नितुलाई पाँच विषय, ममता र पूजालाई चार÷चार विषय लागेको उनले बताए । हामफाल्नुका खास कारण भने पृष्टि हुनसकेको छैन । उनले परीक्षामा अनुत्तीर्ण भएका कारण हामफालेको हुनसक्ने बताए । उनीहरूले हाम फालेको स्थान विद्यालयबाट चार सय मिटर मात्रै टाढा रहेको छ । 

त्यसैगरी दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्रसिंह ठगुन्नाले पनि हामफाल्नुको कारण पुष्टि हुन नसकेको बताए । त्यसैगरी बालिकाहरूसँगै रहेकी १३ वर्षीया कमला डाँगीले उनीहरूले एउटै पछ्याँैरीमा बाँधिएर महाकालीमा हाम फालेपछि घटनाबारे थाहा भएको हो ।

Post a Comment

0 Comments