Subscribe Us

वागलुङ उपनिर्वाचनमा कांग्रेस उम्मेदवार खड्का विजयी, माओबादीको बिजोग

वागलुङ, । एमालेकी मनकुमारी केसीलाई दुई हजार मतले हराउदै बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छिन् । संविधानसभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेकी केसीलाई २ हजार ८६ मतले हराउँदै खड्काले १७ हजार १ सय ५४ मत ल्याई  बिजय भएकी हुन् ।

एमाओवादीका कृष्णबहादुर केसीले २ हजार ५ सय ५ र राष्ट्रिय जनमोर्चाका  नेत्रबहादुर बुढाथोकीले १ हजार ९ सय ४९ मत ल्याएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित सभासद् हरिबहादुर खड्काको मंसिर २१ गते दुर्घटनामा निधन भएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो । 

कांग्रेसबाट विजयी चम्पादेवी स्व खड्काकी पत्नी हुन् । एमालेको राजनीतिमा लामो समय सक्रिय रहेकी केसी भने वैकल्पिक केन्द्रीय सदस्य हुन् । उपचुनावमा विजयी कांग्रेस र प्रतिद्वन्द्वी एमालेले मत बढाएका छन् भने एमाओवादीको मत स्वाट्टै घटेको छ । राष्ट्रिय जनमोर्चाको मत करिव स्थित रहृयो । संविधानसभाको दोस्रो निर्वाचनमा विजयी कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हिराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए ।

 तेस्रो स्थानमा रहेको एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए । शनिवार विद्युतीय मेसिनबाट भएको मतदानमा ७३ दशमलब ३४ प्रतिशत मत खसेको थियो । ५२ हजार २ सय २ मतदाता रहेकोमा ३८ हजार २ सय ९० मत खसेको थियो । निर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र गरेर १३ उम्मेदवार मैदानमा थिए ।

Post a Comment

0 Comments