Subscribe Us

मुम्बईको कोठी सञ्चालिका सोनुबाई १७ बर्षपछि बौंद्धमा पक्राउ

काठमाडौं । जिउमास्ने बेच्ने मुद्दामा १७ बर्षदेखी फरार सुचिमा रहेकि अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवीले) फरार रहेकि सोनु भन्ने सरस्वती लामालाई पक्राउ गरेको हो । 

२०५५ मंशिर १७ गते जिल्ला अदालत काठमाडौंले सोनुलाई  जिउ मास्ने बेच्ने गरेको ठहर गर्दै सोनुलाई १० बर्ष कैद हुने फैसला गरेको थियो । तर भारतमा लुकीछिपी बसेको कारण सोनुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नेपाल आएका बिषेश सुचना सिआईवीले पाएपछि उनको खोजी सुरु गरेको थियो । 

फरार रहेका सोनुलाई सिआईवीले मंगलवार बौद्धबाट पक्राउ गरी बुधवार जिल्ला अदालत काठमाडौंमा बुजाएको जनाएको छ । सिआईबीको अनुसार  २०५३ सालमा कृष्ण परियार र रमेश रामसमेतको मिलोमतोमा बिचिएकी युवतीले दिएकोे जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । बिचिएको युवतीलाई उद्धार गरी माईती नेपालको सम्पर्कमा ल्याएपछि सोनुबाईको धन्दा र मुम्बईको कोठीको रहस्य बाहिर आएको थियो । सोनुबाईकी दिदी उपनाम मिराबाईले समेत मुम्बईमा कोठी संचालन गरेको प्रहरीको भनाई छ । 

नेपाली युवती खरिद गर्ने भारतीय गिरोहकी मुख्य सोनु भएको सिआईवीको दाबी छ । भारतको मुम्बईलाई केन्द्र बनाएर नेपाली युवतीको खरिद विक्री र जर्वजस्ती बेश्यवृतीमा संलग्न गराउने कोठी संचालिका सरस्वती नै सोनु हुदै कालान्तरमा सोनुबाईको नामले कुख्यात थिईन् । ब्युरोका अनुसार बेलाबखत नेपाल आउने सोनुबाई र मिराबाईले आफै र एजेन्ट मार्फत युवती खरिद विक्रीगर्दै आएका थिए । कति नेपाली युवतीलाई भारतमा पु¥याईन उक्त बिषयमा समेत  अनुसन्धान थालेको सिआईवीले जनाएको छ । यसबिच    सिआईवीले लागूऔषध मुद्दामा फरार रहेका काभ्रे चण्डेश्वरीका ३४ बर्षीय किरण श्रेष्ठलाईपनि पक्राउ गरेको छ । 

लागू औषध मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट २०६९ साल भाद्र ३ गते १ लाख जरीवाना र २ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका श्रेष्ठलाई सिआईवीले मंगलवार पक्राउ गरी बुधवार अदालतमा बुजाएको छ । फरार रहेका श्रेष्ठलाई मंगलबार सिआईवीले बौद्धबाट पक्राउ गरेको जनाएको छ । काठमाडौं–७ चाबहिलमा गत २०६८ साल माघ २५ गते प्रहरीले श्रेष्ठको साथबाट १ सय ३६ थान लागु औषध क्यापसुल फेला पारेको थियो । लागु औषध मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट तत्कालिन अबस्थामा धरौटी राखी तारेखमा छुटेपनि मुद्दा फैसाला हुँदा कैद भएपछि उनि फरार भएका थिए ।    

Post a Comment

0 Comments