Subscribe Us

पोर्न साइट दर्ता गर्ने सेलिब्रेटीको होड

काठमाडौं । विश्वका धेरै चर्चित सेलिब्रेटी तथा कम्पनीहरुले आफ्नो नाममा यस्ता साइटहरु दर्ता गराएका छन् जसको डोमेन पोर्न साइटहरुको जस्तै छ । डट पोर्न तथा डट ट्रिपल एक्स जस्ता डोमेनबाट आफ्नो नाममा वेबसाइट दर्ता गर्नेहरु थुप्रै छन् तर उनीहरुले आफुले दर्ता गरेको वेबसाइटबाट पोर्न साइट भने चलाएका छैनन् ।

 आखिर किन सेलिब्रेटीहरु आफ्नो नाममा पोर्न साइट दर्ता गर्न हतार गर्छन् होला ? चचिर्च गायिका टेल स्विफ्टले हालै आफ्नो नाममा टेलरस्विफ्ट डट ट्रिपल एक्स नामक वेबसाइट दर्ता गराएकी छिन् । पछिल्लोपटक डट सक्स नामक डोमेनबाट आफ्नो नाउँका साइट दर्ता गराउने होडबाजी नै चलेको छ । यो गुगल, माइक्रोसफ्ट तथा एप्पल लगायतले आफ्नो नाममा डट सक्स साइट महंगोमा किनेर दर्ता गराइसकेका छन् । 

साँच्ची भन्ने हो भने डट सक साइटको दर्ता पछिल्लो समयमा निकै भाइरल नै बनेको छ । साइट दर्ता गराउने अधिकार पाएको कम्पनीले यसबाट मोटो रकम हात पारेको मात्र छैन कानूनी कारवाही भोग्नुपर्ने खतरामा समेत परेको छ । डट सक्स नामक डोमेनबाट वेबसाइट बेच्ने एकाधिकार पाएको भक्स पपुली नामक कम्पनीमाथि अनुसन्धान गर्न इन्टरनेट डोमेन सम्बन्धि अनुगमन तथा नियमन गर्ने दी इन्टरनेट कर्पोरेसन फर एसाइन्ट नेम्स एण्ड नम्बर (आइक्यान) ले अमेरिका र क्यानडालाई निर्देशन दिएको छ । 

तर भक्स पपुलीले भने आफुले गल्ती नगरेको दाबी गरेको छ । वेब ठेगानामा पछिल्लो डट पछाडि लेखिने डट कम, डट ओ आर जी, डट नेट जस्ता अक्षरहरुलाई जेनेरिक टप लेभल डोमेन अर्थात् जीएलटीडी भनिन्छ । आइक्यान सन् २०१२ मा यस्तो डोमेनको नियमन खुकुलो पारेको थियो र पछिल्लोपटक भक्स पपुली कम्पनीलाई डट सक्स नामक डोमेन बेच्नका लागि अधिकार प्रदान गर्यो । आफुले पाएको अधिकारलाई दुरुपयोग गर्दै कम्पनीले निकै महंगोमा साइट बेचिरहेको पाइएपछि नियामक निकायले चासो देखाएको बीबीसीले उल्लेख गरेको छ । 

चचिर्च सेलिब्रेटी र कम्पनीहरुले कुनैपनि डोमेनबाट आफ्नो नाममा वेबसाइट खडा गरी गलत तत्वले फाइदा नउठाओस् तथा आफ्नो नाममा कुनै अश्लील वा आपत्तिजनक साइट निर्माण नगरोस् र दुरुपयोग नगरोस् भनेर विभिन्न डोमेनमा आफ्नो नाम तथा ब्राण्डबाट वेबसाइट दर्ता गराउने गर्छन् । उनीहरुको आधिकारिक वेबसाइट एउटा हुन्छ तर यस्ता विभिन्न खालका डोमेनबाट समेत वेबसाइट दर्ता गराएर आफ्नो नाममा सुरक्षित राखेका हुन्छन् ता की अरुले आफ्नो नामको वेबसाइट खोल्न नपाओस् । उनीहरुले पोर्न डोमेनबाट समेत सेलिब्रेटीहरुले आफ्नो नाममा साइट दर्ता गराउँछन । 

यसलाई डिफेन्सिभ रजिस्टरिङ भनिन्छ । पछिल्लोपटक डट सक्सको दर्ता खुल्ला गरिएपछि आफ्नो नाममा साइट दर्ता गर्न तछाडमछाड भयो । यसको गलत फाइदा कम्पनीले उठाउन थाल्यो । आधिकारिक रुपमा अर्को महिनादेखि मात्र वेब ठेगानाहरु सार्वजनिक बिक्रिमा जाने भएपनि कम्पनीले अग्रीम बुकिङक प्रिमियम भन्दै २ हजार डलर अशुल्ने गरेको छ । त्यसका साथै विगतमा डिफेन्सिभ दर्ताको रुपमा प्रयोग गरिएको वेब ठेगाना दर्ताको लागि अझ बढि शुल्क लिने गरिएको छ । कतिपयलाई त कम्पनीले २५ हजार डलर शुल्क लाग्ने भनेर जवाफ फर्काउने गरेको इन्टरनेट डोमेन सम्बन्धि वेबसाइट डोमेन इनसाइटले जनाएको छ ।

Post a Comment

0 Comments