Subscribe Us

बाध्यताले जन्माएको आपराधिक यात्रा
दुई पेस्तोल र ५३० ग्राम अफिम सहित छ जना पक्राउ,

चितवन । बैदेशिक रोजगारको लागि मोटो रकम खर्ज गरेर अफ्रिका पुगेका दुई युवक फिर्ता आउनु परेपछि आपराधिक यात्रा रोजेको खुलासा भएको छ । अबैध तरीकाले एजेन्ट मार्फत अफ्रिका पुगेका उनिहरु रोजगारको सट्टा जेलमा बसेर नेपाल फर्कीय पछि फसेको पैसा उठाउन आपराधिक बाटो रोज्दा प्रहरीको फन्दामा परेका छन् । 

एजेन्टसँग पैसा उठाउने कुनै कानूनी आधार नभएपछि उनिहरुले आपराधिक यात्रा रोजेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । हतियारधारी समुहको सुचना आएपछि प्रहरीले पाँच जनालाई दुई पेस्तोल र सो पेस्तोलमा लाग्ने गोली बरामत गरेको थियो । 

अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये प्रेम रोक्कामगर र बिशाल घर्तीमगर अबैध तरीकाले रोजगारको लागी दक्षिण अफ्रिका पुगेको र त्यहाँको प्रहरीले पक्राउ गरी कारागारमा थुनी नेपाल फिर्ता पठाईको खुलासा भएको छ । सोही पैसा एजेन्टले फिर्ता नगरेपछि उनिहरुले पैसा उठाउन पेस्तोलको साहारा लिन खोजेको प्रहरीको बुजाई छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले दुई थान अबैध पेस्तोल सहित ५ जनालाई पक्राउ गरेपछि उनिहरुले पेस्तोेल बोग्नुको कारण खुलासा भएको हो ।

 भरतपुर ३ पुल्चोक स्थित नारायणी नदी किनारमा केही व्यक्तिहरुले सानो सवारी साधनमा अबैध हातहतियार बोकी लिई हिडेका छन् भन्ने प्राप्त सुचनाको आधारमा  जिल्ला  र वडा प्रहरी कार्यालय नारायणगढको बिषेश टोलीले चेकचाँचकोे क्रममा ना १ ज ३०७० नम्बरकोे ट्याक्सीबाट उक्त अबैध हतियार फेला पारेको जनाएको छ । प्रहरीले हतियार सहित जिल्ला रोल्पा का  २६ बर्षीय प्रेम रोक्कामगर, दाङ्ग तुलसीपुरका ३० बर्षीय बिशाल घर्तीमगर, सिन्धुपाल्चोक मेलम्चीका १९ बर्षीय प्रेम तामाङ्ग, मोरङ्ग हसन्दहका २१ बर्षीय को मयंक शाह र  नवलपरासी कोटथरका २२ बर्षीय मिन बहादुर राना रहेको प्रहरीले जनाएको छ ।

 अफ्रिकाबाट फिर्ता हुन परेपछि एजेन्टसंग पैसा फिर्ता माग्दा नदिएपछि उनिहरुले पैसा असुल्न पेस्तोल बोकेको खुलासा भएको छ । आफ्नो रकम फिर्ता माग्दा नदिएको र पैसा उठाउने कुनै आधार नभएपछि  सुक्रवार एजेन्टलाई बोलाएर बन्दुक देखाई कागज गराउने योजनामा पेस्तोल बोकेर हिडेका उनिहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

जिल्ला प्रहरीका प्रहरी निरीक्षक रुगम कुँवरले पक्राउ परेका व्यक्तिहरुबाट कटुवा पेस्तोल एक थान, सिक्सर रिभल्बर एक थान र त्यसमा लाग्ने गोली दुई थान र एक थान फलामको चपर र उक्त हतियार ओसारपसारमा प्रयोग भएको ना १ ज ३०७० नं।को ट्याक्सी समेत बरामद गरिएको जानकारी दिए ।  प्रहरी निरीक्षक कुँवर भन्छन ू ठुलै घटना घटाउने उद्देश्यका साथ उक्त अपराधिक समूह चितवनमा आएको देखिन्छ तर प्रहरीको चलाखीको कारण उनीहरुले कुनै घटना घटाउन पाएनन ।

हतियार सहित पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ । त्यस्तै चितवन प्रहरीले प्रतिबन्धित लागु औषध अफिम ५३० ग्राम सहित जिल्ला मकवानपुर मनहरी लोथर बस्ने बर्ष ४२ को हिरालाल श्रेष्ठलाइ भरतपुर ४ आनन्दमार्गमा रहेको नवदुर्गा लज बाट पक्राउ गरेको छ, पक्राउ परेका अभियुक्त श्रेष्ठलाइ लागु औषध मुद्दामा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments