Subscribe Us

‘हिरो खरेललाई जिरो बनाउने खेल,
कारवाही गराउन प्रहरी अधिकृतदेखि नेतासम्म

काठमाडौं । बिबादमा परेको नेपाल प्रहरीको डीआईजी बढुवामा सिफारिस समीतिले गरेको नियर्णलाई लोकसेवाको पुनरावलोकन समतिले उल्टाई दिंदा आकाश खसेन । कसैलाई कारवाहीपनि भएन । बढुवा सिफारिसमा परेका डीआईजी केदार साउद र रमेशशेखर बज्राचार्यको नाम पुनरावलोकन समितीले काटेर डीआईजीद्वय गणेश राई र नारायण बास्ताकोटीको नाम संसोधन गरेपनि सरकारले अन्तत नाम काटेका डीआईजीद्वयलाई पनि एआईजीमा बढुवा ग¥यो ।

 नियम बिपरित सिफारिस गर्ने बढुवा समितीलाई कारवाही नगरी उल्टै कानूनको उल्घंन गर्दै ७ को ठाउँमा ९ डीआईजीलाई बढुवा गरियो । तर सिपाही भर्नामा कानूनको परिधिमामा रहेर नम्बर दिएका एसएसपी रमेश खरेललाई अहिले त्यही लोेक सेवा आयोग र प्रहरी सँगठनले खुइल्याउने तयारी गरेको छ ।

प्रहरी सेवामा प्रबेश गरेदेखि राम्रो काम गरेबापत एक नम्बरमा बढुवा हुँदै एसएसपी बनेका रमेश खरेललाई बिबादमा ल्याउन अनेक प्रपच्च रचेको रहस्य खुलासा भएको छ । भावी आईजीपीको रुपमा हेरिएका खरेललाई प्रहरीकै केहि अधिकृत, व्यापारी र नेताहरुले फेलर गराउन प्रपन्च रचेको खुलासा भएको हो । स्रोतका अनुसार खरो स्वाभबका खरेल अब एक नम्बरमा डिआईजी भएभने आईजीपी बन्ने पक्का पक्कि भएपछि गुण्डाको आडमा राजनीति गर्ने नेता, तस्कर र पदबर्दीको दुरुप्रयोग गरी कमाउन धन्दामा लागेका प्रहरीकै अधिकृतले उनीबिरुद्ध षड्यन्त्र गरेका हुन् । 

खरेल आईजीपी भएभने धन्दा चौपट हुने डरले खरेललाई अनेक काण्ड लगाएर कारवाही गराउने अभियानमा केही गिरोह जुटेको स्रोतको दाबी छ । प्रहरीमा ठेकदार गर्ने देखि दलाली गर्नेसम्म एसएसपी खरेललाई कारवाही गराउन शक्तिकेन्द्र धाउन थालेका छन् । गिरोहले केही नपाएपछि श्रीमतीलाई सुराकी खडा गरी पैसा खाएको हल्ला चलाएर कारवाही गराउन खोजे त्यो सफल नभएपछि अहिले भर्नामा खरेलले मनोमानी गरेर आधिक लाभ लिएको भन्दै कारवाही गराउन खोजेका छन् ।  पूर्णाङ्क २० मध्ये कम्तीमा ८ र अधिकतम १२ नम्बर दिनुपर्ने प्रावधान भएपनि खरेलले अन्तर्वार्ता दिएका धेरै परीक्षार्थीलाई अधिकतम १२ नम्बरभन्दा बढी दिएका कारण खरेलले मनलाग्दी गरेको भन्दै कारवाही गराउन असफल प्रयासमा प्रहरीका केहि ठेकेदार लागेको स्रोतको दाबी छ । 

भर्ना बारेमा प्रधान कार्यालयले केही नबलोको अस्थामा समाचारमा खरेल बिरुद्ध समाचार प्रकाशित गर्न लगाएर भर्ना काण्ड चर्काएको एक अधिकृतले बताए । उनले भने, ‘भर्नामा केहि त्रुटि देखिएपछि लोकसेवाले पुनः अन्र्तरवार्ता लिन आदेश दिएको छ, यस्तो आदेश यो भन्द पहिलापनि थैरै पटक भएको छ, यो कुनै ठूलो कुरा होईन ।’ 

चार बर्ष अगाडी महानगरीय प्रहरी परिसरको प्रमूख भएर काम गर्दा एसएसपी रमेश खरेल हिरो भए । सेलिब्रेटी झैं उनले चर्चाकोे शिखर चुमे । राजधानीका बासिन्दाले प्रहरी होस त रमेश खरेल जस्तो भन्दै उनको प्रशंसा गरे । बिहानको चियासँगै पसलमा पत्रिका पढ्दै राजधानीका हरेक चोकमा खरेलकै प्रसंशा हुन थाल्यो । राजधानीका गुण्डागर्दी माथि उनी आंतक बने, अबैध यौन धन्दा, हुण्डीको कारोबारीलाई कानूनको दायरामा ल्याए । 

यौन अखडाबाट ग्रसित काठमाडौंलाई उनले मुक्त गराए । रात्रीकालीन व्यावसायीलाई सुधार गरेर व्यायासाय गर्न उनले व्यापारीलाई सुझाए । व्यावसायीको नामा यौन धन्दा चलाउने गुण्डाका नाईके रोज राणा, स्टालियन शेरचनलगायत एक दर्जन व्यावसायीलाई कानूनको दायरामा ल्यायर जेलसम्म पु¥याए । उनको एक बर्षको कार्यकाल सफल तरीकाले बित्यो । जनता र सञ्चारमाध्यमको लागि उनी नेपाल प्रहरीका एक मात्र सक्षम प्रहरी अधिकृत बन्न पुगे । त्यस अघि पोखराको जिम्मेवारी सम्मालेका एसएसपी खरेलले पोखरेलीको लागि पनि भगवान साबित भए । पोखराकोे गुण्डागर्दी र अबैध यौनधन्दालाई खरेलले निर्मूल पार्न सफल भए । 

पाँच बर्षको समयमा पोखरा, काठमाडौ र वीरगञ्जको प्रहरी प्रमूख बनेका खरेलले सोचेभन्दा बढी नै सफलता हासिल गरे । रातको आठबजे हिड्न डर लाग्ने पोखरामा रातको १२ बजे पनि हामि ढुक्कसात हिड्न सक्छै भनेर वीरगञ्ज बासिले साञ्चार माध्यमालाई प्रतिक्रिया दिन्थे । उनीहरु भन्थे किनकी याँहा ‘खरेल साप’ं छन् । पत्रकारहरु एसएसपी खरेलको अन्तरवार्ता लिन पाए र सँगै बसेको फोटो खिचेर फेसबुकमा पोष्ट गर्न पाए आफूलाई भाग्यमानि ठान्थे तर अहिले त्यहि सञ्चारमाध्यमा र पत्रकार एसएसपी खरेलका लागि अभिशाप बन्न पुगेका छन् । 

पछिल्लो पटक एसएसपी भएर काठमाडौं आएका एसएसपी खरेललाई प्रधान कार्यालयले कारवाही स्वरुप तानेको थियो । १० महिना अघि काठमाडौंबाट चेन अफ कमाण्ड उल्लंघन गरेको आरोपमा प्रधान कार्यलयमा हाजिर गराईएका खरेललाई तत्काल प्रधान कार्यालयले भरतपुर तालिम केन्द्रको प्रमूख बनाएर पठायो । काठमाडौं परिसरमा हुँदा जे काम गर्न आवश्यक थिएन त्यहि काममा हात हाल्न पुगेपछि उनी समाचारका पात्र बन्न थाले । परिसर आएकोे एक महिना नबित्दै उनले दुई दर्जन सञ्चारमाध्यमा अन्तरवार्ता दिए । 

चेनअफ कमाण्ड भन्दा बाहिर गएर अन्तरबार्ता दिएकोे भन्दै उनले प्रधानकार्यालयले सञ्चारमाध्यमा बोल्न निषेध ग¥यो । प्रहरीकै एक कार्यक्रम डीआईजीहरु रुपैंयाले भरिएको ब्रीफकेस बोकेर एआईजी बन्न नेताहरुको ढोका–ढोकामा पुगेको अभिव्यक्ति दिएपछि उनी घरै आलोचित भए आईजीपीले नचाँहादा नचाँहदै उनलाई केही डीआईजी र गृहमन्त्रीको दबाबमा प्रधान कार्यालय सरुवा गर्नु प¥यो । तर पनि उनलाई आईजीपीले बिश्वास गर्दै भरतपुर तालीम केन्द्रको प्रमूख बनाएर पठाए । 

तालिम केन्द्रमा भएको एउटा सानो त्रुटिलाई आकाश खसेझै ठूलो बनाएर एसएसपी खरेललाई कारवाही गराउने षड्यन्त्रमा गृहमन्त्री आफै लागेको स्रोतको दाबी छ । खरेलसँग गृहमन्त्री गौतम काठमाडौं परिसरमा रहदा देखिनै असन्तुष्टि थिए । उनले एसएसपी खरेल आफूलाई भेट्न नआएको भन्दै सार्बजनिक कार्यक्रममै बोलेका थिए । युवा संघका केन्द्रिय सदस्य अमित लामालाई पक्राउ गरेको बिषयमा गृहमन्त्री गौतम पछिल्लो पटक खरेलसँग रिसाएका थिए । अमित हालका उद्योग मन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत निकट छन् ।

Post a Comment

0 Comments