Subscribe Us

सुकिला अनुहार लिएर ओर्लीए पारस,
परिवारका सदस्य लिन गएनन्

काठमाडौं । लामो समयको अन्तरालपछि पूर्व युवराज पारस शाह नेपाल आएका छन् । थाइल्याण्ड बस्दै आएका पारस बिहीवार दिउसो नेपाल आईपुगेका हुन् । विमानस्थल ओर्लीएका पारसलाई लिन पूर्व राजपरिवारका कोही सदस्यपनि गएका थिईनन् भने पारसको श्रीमती हिमानीसमेत विमानस्थल पुगिनन् । 

तर पारसलाई स्वागत गर्न राष्ट्रिय झण्डा  बोकेका दुई सयको हाराहारीमा रहेका उनका समर्थक भने  हातमा माला र खादा बोेकेर झण्डै एक घण्टा अघिदेखि नै पारसको पर्खाईमा बसेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट आगमन कक्षबाट पारस बाहीरन साथ उनलाई स्वागत गर्न बसेको समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गर्दा प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । 

पारसका समर्थकले  उनको जयजयकार गदै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘पारस सरकार जिन्दावाद’ जस्ता नारा लगाएका थिए । पारसलाई लिन पूर्ब आईजीपी आईजीपी हेमबहादुर सिंहको छोरा बा ३ च ५४०६ नम्बरको मित्सुविसी कार लिएर विमानस्थलमा पुगेका थिए । थाइल्याण्डमा रहँदा कुलतमा फसेर पटक पटक जेल सजायँ भोगेका पारसको कपाल पालेको ठिटलाग्दो तस्वीर सार्वजनिक भएपनि बिमानस्थलमा सुकिला मुकिला देखिए । 

Post a Comment

0 Comments