Subscribe Us

लागूऔषध तस्करीमा युवतीको प्रयोग

काठमाडौं । पछिल्लो समय लागूऔंषधका कारोबारीले लागूऔंषधको तस्करी गर्ने युवती र नाबालकहरुको प्रयोग गर्न थालेका छन् । पटक पटक बरामत लागूऔंषध र पक्राउ परेका व्यक्तिको बिबरण अनुसार लागूआंैषधको तस्करीमा युवती र नाबालको प्रयोग भएको पुष्टि हुन्छ । 

प्रहरीले युवती र नाबालकलाई शंका कम गर्ने हुदा कारोबारीले आर्धिक प्रलोभन देखाई उनिहरुबाट लागूऔंषधको तस्करी सुरु गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले आईतवार राती लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । धरान–११ बस्ने २५ वर्षीया निशा राई र मोरङको पथरी–शनिश्चरे–४ बस्ने २६ बर्षीया मुना नाम गरेकी युवतीलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको जनाएको छ । 

भारतको जोगवनीबाट आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सुरक्षा जाँच टोलीले विराटनगर–१९ मा चेकजाँचका क्रममा लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट डाइजेपाम, नोरजेसिक र एभिलका ६८–६८ वटा एम्पुलका साथै ६ वटा प्रोभेसिक चक्की र एक बोतल कोरेक्स बरामद भएको थियो । 

दुवैजनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । लागूऔंषधका कारोबारीले पक्राउ परेका युवतीलाई प्रलोभनमा पारेर भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

Post a Comment

0 Comments