Subscribe Us

बिहीवार सम्म कार्यलयमा कार्यरत कर्मचारीलाई,
फरार देखाउदै अख्तियारले गर्यो अभियोग दर्ता ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार सम्म कार्यलयमा कार्यरत कर्मचारीलाई फरार देखाउदै बिषेश अदालतमा मुद्दा दर्ता गरेको छ ।  भ्रष्टचारमा सगल्न सरकारी कर्मचारीलाई आयोगले शुक्रवार फरार देखाउदै बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो । बिहीसम्मपनि कार्यालयमा कार्यरत कर्मचारीलाई फरार देखाउदै बिषेश अदालतमा मुद्दा दर्ता गरेपछि आयोगको नियतमाथी प्रश्न खडा भएको छ । 

आयोगले अनुसन्धानको क्रममा पक्राउ नपरेको तथा म्यादसमेत नबुजेको दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो ।  स्रोतका अनुसार फरार भनिएका अघिकाम्स कर्मचारी बिहीवार सम्म कार्यलयमा कार्यरत थिए । सुक्रवार उनिहरु बिरुद्ध अदालतमा अभियोग पेश हुने भएपछि उनिहरुको भाग दौंड सुरु भएको छ । नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलासहित ३२ जनाले भष्टाचार गरेको भन्दै अख्तियारले शुक्रवार बिषेश अदालतले अभियोग पेश गरेको छ । म्याद् दिदाँ बयान दिन नआएको र खोजतलात गर्दा पक्राउ नपरेको अख्तियारको दाबी छ । 

शुक्रवार अभियोग पेश हुने भएपछि  पर्यटन बोर्डका अघिकास्स कर्मचारी शुक्रवार कार्यलय नगई फरार भएका छन् । आयोगले ६९ करोड  बिगो कायम गर्दै  नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी प्रमुख सुवास निरौला, पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, अनिलकुमार दास, नन्दनी लाहे थापा, वरिष्ठ निर्देशक आदित्य बराल, निर्देशक हिक्मतसिंह ऐर, निर्देशक काशीराज भण्डारी, प्रबन्धक धुब्र राई, बरिष्ठ प्रधन्धक लिलाबहादुर बानियाँ, बरिष्ठ प्रबन्धक दिवाकर विक्रम राणा भन्ने दिवाकर राणा, प्रबन्धक लक्ष्मण गौतम, पर्यटन बोर्डका कार्यकारी समितिका तत्कालीन अध्यक्ष सुशील घिमिरे, तत्कालीन सदस्य शरदचन्द पौडेल, मेघबहादुर पाण्डे, टिकाराम सापकोटा, पम्फादेवी धमला, सदस्य डिल्लीप्रसाद शिवाकोटी, रतिसचन्द्रलाल सुमन, रेवतबहादुर थापा, धुब्रनारायण श्रेष्ठ, फुरगेल्जे शेर्पा, आमन्त्रित सदस्य रञ्जनकृष्ण अर्याल र वल्डवाईड एशियन ट्राभल एण्ड टुर्स प्रालीका प्रबन्ध निर्देशक महेन्द्र खनाल विरुद्ध मुद्दा दर्ता गरेको छ ।

Post a Comment

0 Comments