Subscribe Us

बिरगन्जमा व्यापारीमाथी गोली प्रहार

बीरगन्ज । बिरगंन्जमा कपडा व्यावसायीमाथी हतियारधारीले गोली प्रहार गरेका छन् । गोली प्रहारबाट महावीर गल्लीमा कपडा पसल गर्ने महेश कादमिया घाईते भएका छन् । महेशको तिघ्रामा गोली लागेको छ ।  आइतबार  साझ दुई बन्दुकधारीले व्यापारी महेशमाथी गोली प्रहार गरेका थए । 

गोली प्रहार पछि भाग्न लागेका बन्दुकधारीलाई महेशका छोराले झम्टेका थिए।भाग्दै गरेका बन्दुकधारी मध्ये एक जनालाई स्थानीयले समात्न सफल भएका छन्। स्थानीयको समूहरुले बन्दुकधारीलाई समात्न खोजे पछि स्थानीयलाई समेत हाते बम प्रहार गरेका थिए। तर उनिहरुले प्रहार गरेको बम नपड्केको प्रहरीले बताएको छ। घटनामा संगलग्न एक जनालाई पक्राउ गरेको डिएसपी वीरवहादुर ओलीले पुष्टि गरे। 

घाइते कादमियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। पसलमा भएको नगद लुट्नको लागि गोली प्रहार भएको हुनसक्ने ब्यापारीहरुले अनुमान गरेका छन्। घाइते कादमियाले पहिले आफूलाई त्यस्तो कुनै धम्की नआएको बताए।

Post a Comment

0 Comments