Subscribe Us

गृहमन्त्रीको सचिवालयमा सौता काण्ड ?

काठमाडौं । अख्तियारमा आकृती रायमाझी नामकी एक युवतीका कारण आतंक मच्चिएजस्तै गृहमन्त्रालयमा पार्वती नामक एक युवतीका कारण हंगामा मच्चिएको छ । गृहमन्त्री वामदेव गौतमका स्वकिय सचिव बिजय बिराट बिष्टकी प्रेमिका पार्वतीका कारण केही दिनअघि मन्त्रालयमा कुटाकुटकै अवस्था आएको हो  । 

बिष्टले पहिले नै बिहे गरीसकेका छन् । तर पछिल्लो समय पार्वती नाम गरेकी एक युवतीसँग उनी भेटिने गरेका छन् । उनको सम्बन्धबारे थाहा पाएपछि गाउँमा बस्दै आएकी श्रीमतीले हालै मन्त्रालयमै आएर हंगामा मच्चाएकी हुन् । ती युवती ट्रेनिङ सेन्टर चलाउँदै आएकी छिन् ।

 बिष्टले उनीसँग बिजेनश पनि गर्दै आएको स्रोत बताउ“छ । पार्वती पनि  विवाहित महिला हुन् । जिल्लावासी भएकाले अखिल नेता बिष्टले मन्त्री गौतमको पीए हुने अवसर पाउँदै आएका छन् । तर पटक पटक उक्त अवसर दुरुपयोग गरेर कमाउनतर्फ लागेको भन्दै उनी विवादमा पनि परेका छन् । गोकर्ण रिसोर्टमा एमाले नेताहरुले मदिरा सेवन गरेको फोटो पनि उनले नै खिचेर सार्वजनिक गरेका थिए । प्रहरीको सरुवामा उनले आईजीपीलाई नै दबाब दिने गरेका छन् ।

Post a Comment

0 Comments