Subscribe Us

आमाले आत्म दाह गर्न खोज्दा अठार महिने छोराको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–५ मा आईतवार साँझ आफ्नै आमाले आगो लगाई आत्मदाह गर्न खोज्दा एक बालकको जलेर मृत्यु भएको छ । आगो लगाउने आमा भने गम्भीर घाइते भएकी छिन् । जविराज–५ की शकुन्तालादेवी साहले आफ्नै १८ महिनाको छोरालाई साथै लिएर घरभित्र आत्मदाह गर्न खोज्दा छारोको जलेर मृत्यु भएको हो । 

उनले जिउँमा आफैँले मट्टितेल छर्केर आगो लगाएकि थिईन् । घरभित्रबाट एक्कासी धुँवा निस्केपछि गाउँलेले देखेर घरको ढोका खोल्दा आमा छोरा जलिरहेको अवस्थामा फेला पारेका थिए । आगोले जलेर गम्भीर घाइते भएको बालकको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।

 गम्भीर घाइते शकुन्तला देवीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments