Subscribe Us

लुटेरा खोज्दा हत्यारा भेटिए,
पूर्बी क्षेत्रमा वान्टेड भएपछि उपत्यकामा चेन स्न्याचिङको र्याकेट,

काठमाडौँ । उपत्यकाको बिभिन्न ठांउमा चेन स्न्याचिङको घटना बढ्न थालेपछि प्रहरीले बिषेश निकरानी बडाएको थियो । पछिल्लो समय महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले चेन स्न्याचिङका गिरोहलाई पक्राउ गर्दै आएको छ । महाशाखाले ६ महिना भित्र चेन स्न्याचिङका संलग्न आधा दर्जन गिरोहलाई पक्राउ गरी सकेको छ । जसमा पूर्ब प्रहरीसमेत संलग्न रहेको खुलासा भएको थियो । 

काठमाडौं प्रहरी परिसरमा एसएसपी रमेश खरेलले कार्यभार समालेका तिर बेलुका ४ बजे देखी ६ बजेको समयमा दिनकै एक दर्जन ठांउमा समेत चेन स्न्याचिङको घटना भयो । उक्त घटना प्रहरीलाई चुनैती दिदै गिरोहल एक साता  चम्काए । तर प्रहरीले कुनै सुईको पाउन सकेन् । उपत्यका भित्रको अपराध अनुसन्धान गर्न अधिकार पाएको महाशाखाले यस्ता गिरोहलाई पक्राउ गरेरे कानूको दायरामा ल्याएपनि चेन स्नयाचिङको घटनामा भने कमी आएको छैन् ।

 महाशाखले फेरी एक अर्को गिरोहलाई पक्राउ गरी शनिवार सार्बजनिक गरेको छ । पक्राउ परेका मध्य एक पूर्ब क्षेत्रका अपराधधिक पुष्ठ भुमिका नाईके नै परे जोे आधा दर्जन अपराधमा फरार अभियुक्त परे । हत्या, ज्यानमार्ने उद्योग र हातहतिर तथा खरखजना मुद्दामा फरार अभियुक्तले उपत्यकामा आएर चेन स्न्याचिङको र्याकेट नै सञ्चालन गरेको महाशाखाले खुलासा गर्यो । उनले अहिलेसम्म उपत्याकाको तिन दर्जन ठांउमा चेन स्न्याचिङ गरेको खुलासा भएको छ ।

 मोटरसाईकको पछाडी बसेर सिक्री थुत्ने गुरु नामले खुख्यात पूर्वी नेपालका विनोद केसी भन्ने सन्तोष कटवाल हुन । उनले ९ पुस २०७० मा मोरङ बुढीखोलाको किनारमा मानबहादुर तामाङको गोली हानी हत्या गरेको अभियोगमा फरार अभियक्त रहेको महाशखाले जनाएको छ । गुरुले तमाङको हत्या गरेकै दिन सुनसरीमा सुन लुट्ने उद्देश्यले ओम शाही ज्वेलर्सका संचालक दिपेश शंकर माथी गोली प्रहार गरेको घटनामा उनीविरुद्ध ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दा दर्ता भएको छ । 

गुरु विरुद्ध गत भदौमा इन्दिरा कार्कीको ६ लाख ५० हजार ठगी गरेको अभियोगमा ईलाममा संगठित अपराधमा मुद्दासमेत दर्ता भएको छ । पैदल यात्र गरिरहेका महिलाको शरिरको गहना मोटरसाईकलमा आएर थुत्ने गिरोह मध्यका नाईके गुरु भएको महाशाखाले खुलासा गरेको छ । महाशाखाले लुटपाटमा संलग्न मोरङका विनोद केसी भन्ने सन्तोष कटवाल उफ ‘गुरु’ काभ्रे पाँचखालका राज भन्ने राजकुमार तामाङ, झापाका विदुर दाहाल, इलामका प्रेमकुमार सेञ्चुरी र सप्तरी कल्याणपुरका रामहरि श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 गिरोहले अनुहार पूरै छोपिने हेल्मेटको प्रयोग गर्ने र पछाडि बस्नेले मुखमा मास्क लगाई भित्री सडकमा पैदल हिंँड्ने महिलाले लगाइराखेको सुनको सिक्री लुटी फरार हुदै आएका थिए । महाशाखाले गिरोहको साथबाट लुटिएका सुनका विभिन्न गरगहना आठ तोला ७५ लाल,  तीन लाख ३४ हजार रुपैंया बरामत गरेको जनाएको छ । साथै प्रहरीले लुट्न प्रयोग गर्दै आएकोे बा २५ प ८६७६ नं को कालो पल्सर मोटरसाइकल र ज्याकेट एक थान र एक जोर जुत्तासमेत प्रहरीले बरामद गरेको जनाएको छ । 

पक्राउ परेका गिरोह मध्यका सेञ्चुरीले लुटिएको गहना खरिद गर्ने गरेका थिए । अहिलेसम्म लुटिएको करिब ३४÷३५ तोला सुन सेञ्चुरीले बिक्री र हरिले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलासा भएको छ । गिरोहका नाईके भने गुरु भनिने कटवाल रहेको महाशाखाले जनाएकोे छ ।। प्रहरीले सीसीटीभी फुटेजसहितको आधारमा अनुसन्धान गर्दा उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ  गरेको जनाएको छ ।

Post a Comment

0 Comments