Subscribe Us

इभाना भईन् ‘मिस नेपाल २०१५’

काठमाडौं (जस)– २०१५ को मिस नेपाल न्यूरोड भोटेबहालकी इभाना मानन्धर घोषित भएकी छन् । शनिवार उनलाई आयोजकले  विजेता घोषणा गरेको हो । अमेरिकाबाट भर्खरै नेपाल आएर मिस नेपालको प्रतियोगितामा भाग लिएकी मानन्धरलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पर्हियाइदिइन् । 

कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको ‘अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् । 

फस्र्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्यो । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वल्र्डमा सहभागी हुने अवसर समेत पाएकी छिन् । 

अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी इभाना ५ फिट ४ इन्च अग्ली छिन् । इभानाले अमेरिकामै मार्के्टिङमा स्नातक गरेकी छिन् । गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् । इभाना यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइनन् । 

यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो । जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यले हात पार्न सफल भईन् ।  यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन् । 


मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् । मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।

Post a Comment

0 Comments