Subscribe Us

गौंर हिंसात्मक बन्दै, भारतीय भूमिबाट नेपालमा हवाई फायर,
बार्ता गर्न गएका टोलीलाई बाटोमा अवरोध

 गौर (जस) – रौंतहटको सदरमुकाम गौंरमा भारतीय भूमिबाट सिमा सुरक्षाको जिम्मा लिएको सशस्त्र क्याम्प र प्रहरी कार्यलयलाई  लक्षित गरी हावाई फायर गरिएको छ ।

 गौर आन्दोलन चकिर्रहेका बेला भारतीय सिमाबाट आन्दोलनलाई समर्थन गर्दै निरन्तर हवाइ फायर भएपछि गौर थप तनावपूर्ण बन्दै गएको छ । 

नेपाल भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत् नस्थित बाँसघारीबाट नेपाली भूमितर्फ लक्षित गरेर सोमबार अपरान्हबाट निरन्तर गोली प्रहार भएको प्रहरीले जनाएको छ । दुई सयजनाको संख्यामा रहेका भारतीयबाट सशस्त्र क्याम्प र प्रहरी पोस्टलाई लक्षित गरेर फायर गरिएको थियो । सुरक्षा निकायले भारतीय सुरक्षा फौजसँग समन्वय गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय प्रहरीसँग समन्वय गरेर स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको बताए । 

यसअघि गौरमा आन्दोलनकारीले शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्पमा आक्रमण गरेका थिए । आन्दोलनकारी बेस क्याम्पमा पेट्रोल बम प्रहार गरेपछि आगो लागेको थियो । आगजनीलाई तत्काल नियन्त्रणमा लिएको र  आन्दोलनकारी त्यहाँबाट भागिसकेको रौतहटका शसस्त्र प्रहरी प्रमुख एसपी बिदुर खड्काले जानकारी दिए । सशस्त्र क्याम्पमा घेराउ र आक्रमणको  प्रयास गर्नेसँग प्रहरीको  भिडन्त हुँदा एघारजना घाइते भएका छन् । आन्दोलनकारीले क्याम्प आसपासको संरचना तोडफोड गरेका छन् । 

गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि गौर आन्दोलनले झन् हिंसात्मक मोड लिएको हो । वार्ता गर्न काठमाडौंबाट आएको टोली बार्ता नगरी फर्की सकेको छ । गौर बजार सोमवार पनि बिहानैदेखि पूण रुपमा बन्द छ । आन्दोलनकारीले अपरान्ह वृहत् जुलुस निकालेका छन् । गौरमा चकिर्एको आन्दोलनबारे वार्ता गर्न गाडीबाट पुगेका क्षेत्रीय प्रशासकसहितको टोली दिनभर बीच बाटोमै रोकीएका थिए । 

काठमाडौंबाट हेलिकोप्टरमा  गौंर पुगेको अर्को टोली पनि आइतबार बिहान ११ बजे रौतहटको गरुडा ओर्लीएका थिए । तर सो बार्ता टोलीलाई  दिनभर आन्दोलनकारीले रोकेपछि काठमाडौंबाट नेपाल प्रहरीका अतिरिक्त  महानिरिक्षक (एआईजी) गणेश राई र शसस्त्रका अतिरिक्त  महानिरिक्षक (एआईजी) कृष्ण कुमार तमाङ सॉझ साढे ६ बजे हेलिकोप्टरबाट गौर आइपुगेका छन् । 

वार्ताका लागी क्षेत्रिय प्रशासक रामकुमार आचार्य, मध्यमान्चाल क्षेत्रका डिआइजी देवेन्द्र सुवेदी र शसस्त्र प्रहरी पथलैयाका डिआइजी राम शरण पौडेल गौर आउने क्रममा आन्दोलनकारीले दिनभर गरुडा बजारमा अवरोध गरेका थिए । काठमाडौंबाट टोली गौर आएपुगेपछि गरुडामा रोकिएको क्षेत्रिय प्रशासकको टोली आईतवार राति गौर आइपुगेको हो । 

गौरमा रहेको मालपोत तथा नापीको सेवा केन्द्रलाई चन्द्रनिगाहपुरमा पनि विस्तार गर्ने सरकारको निणयको विरुद्ध गत बुधबारदेख गौरमा प्रदर्शन सुरु भएको थियो । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि गत शक्रवार नै सरकारले सेवा केन्द्र विस्तार गर्ने निणर्य फिर्ता लिएको थियो । तर शनिबार गौरमा आन्दोलन झन् तात्यो र स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि स्थानीय प्रशासनले कफर््यु लगाउनु परेको थियो । यसैबीच मालपोत तथा नापीको सेवा केन्द्र, दुर सञ्चार चन्द्रनिगाहपुरमा स्थापना गर्ने सरकारर्को ियणर्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै चन्द्रनिगाहपुरमा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले आज एक घन्टा चक्काजाम गरेका छन् । 

एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहपनि सक्रिय भएका छन् । आन्दोलनको फाईदा उठाउदै लुटेराले लुटपाट मच्चाउन थालेका छन् । लुटेरा समुहले गौर–५ पोखरिया टोलका ६० बर्षीया जाहिर अन्सारीको हत्या गरेका छन् । लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेका छन् । बाहिर कफर््यु लागेको छ भन्दै आइतबार राती बास बस्ने बहानामा लुटेरा समुहले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरी रकम लिई फरार भएको प्रहरीले जनाएको छ । अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए ।

Post a Comment

0 Comments