Subscribe Us

‘सिरियल किलर’ सिंहलाई ३५ बर्ष कैद,
अन्य मुद्दा फैसाला हुनै बाँकि

भक्तपुर, । नौ वर्ष यता ६ जनाको हत्याको अभियोेग लागेका सिरियल किलर अभिषेकराज सिंहलाई अदालतले ३५ बर्ष कैद सजयाको फैसाला गरेको छ । जिल्ला अदालत भक्तपुरले सिरियल किलर अभिषेकराज सिंहलाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद र अपहरणमा १५ बर्ष कैद हुने फैसला सोमवार गरेको हो ।  अदालतका न्यायाधिस लेखनाथ ढकालको इजलासले हत्या र अपहरणमा पुष्टि भएपछि सिंहलाई उक्त सजया हुने फैसाला गरेको हो ।

 नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा बस्दै आएका ३३ बर्षीय सिंहले २०६९ साउन ७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ गठ्ठाघर बस्ने बुद्ध भन्ने जगत्सिंह तामाङलाई अपहरण गरी साउन १० गते हत्या गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा अदालतले प्रमाण बुझ्दै जादा हत्या गरेको ठहर भएपछि सोमवार भक्तपुर आदालतले सिंहलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । 

सिंहले अपहरित तामाङलाई भारत उत्तरप्रदेश फैजावाद पु¥याएर हल्दीमा ट्राइट २५ एमजी मिसाएर खुवाई बेहोस बनाईको र १० एमजीको स्टगन सूई पाँचपटक दिई हत्याको प्रहरीको अनुसन्धाबाट खुलासा भएकोे थियो । हत्या पश्चात सिंहले तमाङलाई सडकबाट फालेर नेपाल आएको बयान अदालतमा गरेका थिए । अदालतले तामाङको अपहरण गरेकामा १५ वर्ष जेल र रु एक लाख जरिवाना तथा हत्यामा २० कैद हुने फैसाला गरेको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी गराए । 

तामाङको परिवारसमेत क्षतीपूतीबापत दुई लाख ५० हजार क्षतिपूति भराउने पनि दिलाउने फैसला गरेको छ । त्यसैगरी सिंहले २०७० साल असोज ९ गते काठमाडौँ महानगरपालिका–३५ का लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेको ३२ वर्षीय नीरजजङ्ग पाण्डेलाई धनुषा बेंगाडावर–८ लालगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक पु¥याएर हत्या गरेका थिए । सिंहले जग्गाको कमिसन विवादमा काठमाडौँ इचँगुनारायण–२ का निरप भन्ने नरबहादुर गोतामेलाई २०६७ साल साउन ११ गते सुर्खेतको आशीर्वाद होटलमा लगेर ५ वटा डाइजिपाम र ४ नाइट्रोभेट इन्जेक्सन दिएर बेहोस बनाई हत्या गरेका थिए ।

त्यस्तै उनले २०६९ साल कात्तिक १३ गते काभ्रे शङ्खु पाटीचौर–४ घर भई कोटेश्वर बस्ने सार्कीमान तामाङको पनि हत्या गरेका थिए । अभिषेककै घरमा खाना पकाउने तामाङबाट आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशंकामा सिंहले सुन्धारास्थित न्यु आकाश गेस्टहाउसको १०२ नम्बर कोठामा लगेर रक्सी खुवाई बेहोस बनाएर हत्या गरेका थिए । सिंहले हत्या गरेका चार जनाको पहिचान भए पनि अन्य दुई जना भने पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

Post a Comment

0 Comments