Subscribe Us

समाजिक सञ्जाल मार्फत प्रचण्ड र बाबुरामलाई अश्लील गाली

काठमाडौं । पार्टीको अस्तित्व जोगाउनका लागि एमाओवादी नेतृत्वको मोर्चा गरेको तीन दिने आमहडतालको सर्वत्र आलोचना हुन थालेको छ । जनताहरुले पहिलो दिन नै आमहडतालको प्रतिकार गर्न थालेका छन् । देशका अधिकांश सहरमा बजारहरु खुल्न थालिसकेका छन् भने सवारी पनि चल्न थालिसकेका छन् ।आमहडतालप्रति सर्वसाधरण कति धेरै आक्रोशित छन् भन्ने कुरा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर हेरे पुग्छ । 

एमाओवादी नेता डा।बाबुराम भट्टराईले आमहडतालको औचित्य पुष्टि गर्न फेसबुकमा स्टाटस पोष्ट गरेपछि सर्वसाधरणले उनलाई अश्लील गाली गरेका छन् । उनको स्टाटसमा कमेण्ड गर्ने ९९ प्रतिशतले आमहडतालको विरोध मात्र गरेका छैनन् प्रचण्ड र बाबुरामलाई अश्लील गाली समेत गरेका थिए । भट्टराईले फेसबुकमा यस्तो लेखेका छन्– आज चैत्र २४ १ ऐतिहासिक जनआन्दोलन दिवस आजैका दिन २०४६ सालमा तत्कालीन क्रान्तिकारी वामपन्थीहरुको मोर्चा ” संयुक्त राष्ट्रिय जनआन्दोलन” ले निरंकुश राजतन्त्रात्मक पंचायती व्यवस्थाका विरुद्ध देशव्यापी आम हड्तालको आयोजना गरेको थियो र त्यस दिनको जनउभारको सागरले अन्ततस् निर्दलीय पंचायती व्यवस्थालाई बढारेर देशमा बहुदलीय व्यवस्थाको सूत्रपात गरेको थियो । 

आजैका दिन २०६२ सालमा तत्कालीन नेकपा९माओवादी० र ७ दलीय मेर्चाले संयुक्त रुपमा राजतन्त्रका विरुद्ध अनिश्चितकालीन आम हड्तालको शुरुवात गरेका थिए, जसको १९ दिनपछि राजतन्त्र जनता सामु झुक्न बाध्य भएको थियो आज ठीक २५ बर्ष पछि ती ऐतिहासिक आन्दोलनका उपलब्धीहरु – गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानपातिक लोकतन्त्र – लाई संविधानसभा मार्फत संस्थागत गर्न अहिले सत्तामा बसेकाहरुलाई दवाव दिन अर्को ३ दिने आम हड्तालको आयोजना गर्नुपर्ने अप्रिय तर वाध्यात्मक अवस्था सिर्जना भएको छ १ त्यसैले हिजोको आम हड्ताल ठीक तर त्यसैको निरन्तरतामा भएको आजको आम हड्ताल बेठीक भन्न मिल्छ र जसमा कमेन्ट गर्दै सागर शिवाकोटी लेख्छन्–हो, मैले पनि देखे आज सडकमा, कम्युनिजमको च्यातिन लागेको झन्डा बोकेर भुक्दै गरेका कुकुरका झुण्डहरु १

त्यस्तै देवेन्द्र न्यौपानेले लेखेका छन्जनतालाई कुटपटि, हत्या, हिसां गर्ने गरीब जनताको चुलोमा पानि खन्याउने जनताको नेता हुन सक्दैन । जनताको नेता हुन जनताकै मन जित्न सक्नु पर्छ । आतंकीत,त्रसित र बाध्यकारी बनाएर जनतालाई सर्मथनमा लयाउनु भन्दा , मन जितेर समर्थनमा ल्याउन उत्तम हुन्थोकी ।

दिपेन्द्र बिष्टले लेखेको छन्फेरी बन बञ्गल तिर लागे हुन्छ काम छैन अब गोब्रो च्याउको

मौकिल श्रीषले लेखेका छन्अब आईज भोट माग्न तेरिमा टोक्ने त चोसे

Post a Comment

0 Comments