Subscribe Us

कागजमा पुल बनाएर करोडौं कुम्ल्याई ठेकदार र कर्मचारीकोे भोज

काठमाडौँ । ठेकदार र सडक डिभीजन कार्यलयका कमचारीको मिलोमत्तोमा बन्दै नबेनको पुलको ६० प्रतिशत काम सकिसकेको भन्दै करोडौं रुपैंया कुम्ल्याएको रहस्य खुलासा भएको छ । 

पुल बनाउने ठेक्का पाएको नागार्जुन कोसी एण्ड न्यौपाने जेभीले पक्की पुल बनाएकोे फर्जी कागजात पेश गरेर बिभागका कर्मचारीको मिलोमत्तोमा कुल लागतको ६० प्रतिशत रकम कुम्ल्याएको हो । 

२०७० साउनमा ठेक्का सम्झौता भई २४ महिनामा सक्ने लक्ष्य राखिएको पुलको निर्माण कार्य तीन महिनामात्र बाँकी हुँदासमेत पुल निमार्णको काम सुरु भएको छैन् । तर डिभिजन सडक कार्यालय भक्तपुरले ६० प्रतिशत काम भईसकेको अभिव्यक्ति दिएपछि स्थाईनिय आक्रोेशित भएका छन् । पुल बनाउने स्थानको बिषयलाई लिएर विवाद हुँदा पुलको निर्माण कार्य केहि समय रोकिएको तर अहिले ६० प्रतिशत काम सम्पर्ण भईसकेको डिभिजन सडक कार्यालय भक्तपुरले सार्वजनिक गरेपछि स्थाईनियहरु आक्रोशित भएका हुन । काम नै सुरु नगरी ६० प्रतिशत काम सकिएको सार्वजनिक अभिव्यक्ति दिएपछि डिभिजन सडक कार्यालय भक्तपुरले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै स्थानीयवासीले आरोप लगाएका छन् । 

ठेकदार कम्पनीको ज्यादती र डीभीजन कार्यालयको  लापरवाहीको कारणले मनोहरा र चाँगुनारायण जोड्ने पुन बन्न सकेको छैन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका जोड्ने पुल सम्पर्न गर्ने समय तीन महिनामात्र बाँकी हुँदा पनि ठेकदारले काम सुरु नगरी किर्ते कागजातमा करोडौं रुपैंया भने कुम्ल्याई सकेका छन् । 
यही पुल भएर दैनिक त्रिचन्द्र क्याम्पस आवतजावत गर्ने ईश्वर श्रेष्ठले पुल भत्काएपछि खोलामा बाढी आउने चिन्ताले क्याम्पस जान नै डराउनुपर्ने अवस्था रहेको गुनासो गरे । ठेकेदार कम्पनीका ठेकदार सम्पर्कमा आउन चाहेनन् तर उनका लेखापाल दिपेस दाहालले डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का सम्झौता भएको धेरै समयपछि मात्र पुल निर्माणको नक्सा दिएको र अहिले पनि काम गर्ने वातावरण नबनाएर २१ महिनाको समय झुलाइदिएको आरोप लगाएर आफ्नो दायित्वबाट पन्छिन खोजे ।

 “नक्सा दिएपछि तीन वटा खाल्डो खन्नेलगायतका काम ग¥यौँ, त्यसलाई जाँचपास गर्न आउनुस् भनेर अनुरोध गर्दा कार्यालयले मतलब नगरेको दहालको गुनासो थियो । यस सम्बन्धमा डिभिजन सडक कार्यालय भक्तपुरका डिभिजनल इन्जिनियर देवेन्द्र साहसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहेनन्

Post a Comment

0 Comments