Subscribe Us

मिस नेपालले भनिन् “सेक्स चिनी विनाको चिया जस्तै हो”

काठमाडौं (जस)– न्यूरोडको भोटेबाहल निबासी ईभाना मानन्धर छ बर्ष अमेरीका बसाई पछि केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्केकी थिइन् । मिस नेपालमा सहभागी हुनकै लागि आएकी उनले सहभागी मात्र जनाएनन् यो वर्षकी मिस नेपाल बन्न सफल भएकी छिन् । गत शनिवार उनलाई यसअघिकी मिस नेपाल सुबिन लिम्बूले मिस नेपालको ताज पहिराईदिएकी थिईन् । उनै २३ बर्षिया नयाँ मिस नेपाल ईभाना मानन्धरसंग गरिएको कुराकानीको संक्षेप ।
मिस नेपालको उपाधी पाउँदा कस्तो लाग्यो ?
म अत्यन्तै खुशि छु । सबै भन्दा त मलाई आफ्नो देशको माया बढि लागिरहेको छ । जिवनै कै पहिलो पटक यति खुशि भईरहेको छ ।
यो उपाधी पाउनुमा कसलाई श्रेय मानुहुन्छ ?
मेरो लगनशिलता पनि राम्रो छ जस्तो लाग्छ । आयोजक र परिवारलाई पनि धन्यवाद दिन चाहन्छु ।
अबको तपाईको योजना के छ ?
अबको मेरो योजना भनेको नेपाललाई विश्व सामु प्रस्तुत गर्नुछ । मिस वल्र्डको लागि तयारी गर्नुछ । हिडन ट्रेजरको नियमानुसार मैले १ बर्ष यहि काममा व्यस्त हुनेछु ।
अनि पढाई के गर्नुहुन्छ ?
मेरो पढाई निरन्तर छ । केही समय पढाईमा असर पुग्ने देखिएपनि प्रत्यक्ष असर भन्ने पुग्नेछैन । म पढाईमा निरन्तर जोड्नेछु ।
मोडलिङ के हो जस्तो लाग्छ ?
कलाको माध्यमबाट सबल राष्ट्रपनि निर्माण गर्न सकिन्छ । कला नै असल र नेतृत्वदायी सिप हो । मलाई लाग्छ कुनै एक क्षेत्रमा काम गर्दैमा मोडलिङ हुदैन । मोडलिङले सकरात्मक तरिकाले समाजलाई परिवर्तन पनि गर्छ ।
प्राय मिस नेपालहरु कलकार बनीरहेका छन् तपाईको पनि सोच छ की ?
कला प्रस्तुत गर्ने सबै कलकार हुन् । मेरो अहिल्यै नै सबै कुरा निक्र्योल भईसकेको छैन । मलाई धेरै काम गर्नुछ । विशेषत यो बर्ष म मा धेरै जिम्मेवारीहरु छन् ।
कुनै चलचित्रमा अफर आयो भने ?
अफर गर्नेहरुमा धन्यवाद ज्ञापन गर्दछौं । तर म तिन बर्ष सम्म यस्तो फिल्डमा लाग्दिन । यो बर्ष व्यस्त नै छु अर्को दुई बर्ष म पढाईलाई पुरा गर्नेछु र ुाथै समाजसेवामा लाग्नेछु । बाँकी समयले कता दाहो¥याउाला ।
मिस नेपाल हुनेबितीकै धनि केटा फकाएर बिहे गर्ने चलन छ । तपाईको प्रेम सम्बन्ध कतै छ की ?
अरुले के गर्छन् मलाई त्यो थाहा छैन । तर म के गर्छु त्यो तपाईहरुले हेर्न नै बाँकी छ । म अरुको कोटेशनमा रहदिँन । अहिल्यै सम्म म प्रेमको चक्करमा पनि परेको छैनौं ।
सेक्स के जस्तो लाग्छ ?
सेक्स भनेको प्रकृतिको उपहार हो । यो सबैलाई आवश्यक छ । चिनी विनाको चिया जस्तो फिक्का लाग्छ त्यस्तै सेक्स विनाको जिवन सायद अपुरो होला ।
तपाईको सेक्स अनुभव छ ?
हा हा हा हा हा (लामो हाँसो संगै) यस वारे म केही भन्न चाहन्न ।

Post a Comment

0 Comments