Subscribe Us

पाँच किलो चरेससहित सन्तोष पक्राउ

काठमाडौं । धादिङ बैरेनिका सन्तोष तामाङलाई प्रहरीले पाँच किलो अबैध लागूऔंषध चरेससहित पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यलयबाट खटिएको ईन्टेलिजेन्स महाशाखाको टोलीले तामाङलाई नयाँबजारबाट पक्राउ गरेको हो । 

धादिङ बैरेनि ९ स्थायी घर भई माछापोखरीस्थित दोस्ती लमजुङ होटलमा बस्दै आएका ३० बर्षीय तामाङलाई उक्त परिमाणको लागुऔंषध चरेससहित आयुक्तबाट खटिएको टोलीले नियन्त्रमा लिएको हो ।


 दोस्ती लमजुङ होटलमा चरेसको कारोबार भईरहेको भन्ने गोप्य सुचना पाएपछि आयुक्तको ईन्टलिजेन्स महाशाखाबाट खटिएको टोलीले तामाङलाई उक्त होटलमा शंका लागी चेकजाँच गर्दा उक्त परिमाणको चरेस बरामत भएको जनाएको छ । 
लामाले मकानपूर र धादिङको बिभिन्न ठांउबाट चरेस संकलन गरी काठमाडौं ल्याई बिक्री बितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी वृत्त सोह्रखुट्टमा बुझाएको आयुक्त कार्यालयले जनाएको छ ।
 

Post a Comment

0 Comments