Subscribe Us

डा केसीले अनशन तोड्ने, सहमति भयो,
ठप्प भएको ओपीडी सेवा सूचारु

काठमाडौ । अनशनरत डा. गोविन्द केसीले आज बिहीवार अनशन तोडेन्ने सहमति भएको छ । १२ औं दिन देखी अनशनमा रहेका  डा. केसी र सरकारका मुख्य सचिव लिलामणी पौडेललेबिच भर्खरै भएको सहमतिको मस्यौदामा हस्ताक्षर भएपछि केसीले अनशन तोड्ने घोषना गरेका हुन । 

डा.केसीले आज तिन बजे अनशत तोड्ने छन् । नियमविपरीत सम्बन्ध प्रक्रिया अघि बढाउने विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी बर्खास्त गर्नुपर्ने तथा शिक्षा मन्त्रीलाई समेत कारवाही हुनुपर्ने भनी राखेको बारेबारे आयोग बनाउने सहमति भएपछि डा.केसीले अनशन तोड्न राजी भएका हुन । 

पुरानवेदन अदालतको पूर्व मुख्य न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग बनाउने र सोही सिफारिसको आधारमा काम गर्ने सहमति भएको छ भने डा.केसीका अन्य सबै माग सरकारले पूरा गर्ने प्रतिबद्धता जनाएको छ । सहमतिमा सरकारको तर्फबाट मुख्यसचिव पोडेलसहित योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र साक्षीका रुपमा चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।

 कानुनमन्त्री नरहरी आचार्यले सरकार सहमति कार्यान्वयनमा दृढ भएको भन्दै डा.गोविन्द केसी पुन, यही मागको लागि अनशन बस्नु नपर्ने बताए ।यसैबिच नेपाल चिकित्सक संघले डा. केसीको अनशनको समर्थनमा आयोजना गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । संघले केहीबेर अघि पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा  गरेको हो । डा.केसी र सरकारका मुख्य सचिव लिलामणी पोड्यलबीच सहमतिमा हस्ताक्षर भएलगत्तै संघले यस्तो घोषणा गरेको हो । संघको घोषणासंगै दुई दिनदेखि देशभरका अस्पतालमा ठप्प भएको ओपीडी सेवा सूचारु भएको छ ।

Post a Comment

0 Comments